|

कालिकोट : कर्णाली प्रदेशका साँघुरा धावनमार्ग र सरल हवाई रुट नभएका कारण यस क्षेत्रमा बर्सेनि विमान दुर्घटना हुने गरेको छ। कर्णालीमा विमान दुर्घटना परी ४५ जनाभन्दा बढीको ज्यान गइसकेका छन् भने सयाैं घाइते तथा अंगभंग भएका छन्।

दुर्घटनाको इतिहास 

  • २०५६ मा  नोकेन एयरको विमान जुम्लामा दुर्घटना, पाँच जनाको मृत्यु।
  • २०५८ मा फिस्टेल एयरको विमान रारा तालमा दुर्घटना, चार जनाको मृत्यु। 
  • २०५९ मा स्काइलाइनको विमान सुर्खेतमा दुर्घटना, चार जनाको मृत्यु।
  • २०६३ असार २२ मा यति एयरलाइन्सको डिएच–६ ट्विनअटर जुम्ला एयरपोर्टमा अवतरण क्रममा दुर्घटना, दुर्घटनामा चालक दलका तीन सदस्यसहित नौ जनाको मृत्यु।
  • २०७० फागुन ४ मा काठमाडौंबाट जुम्लाका लागि उडेको नेपाल वायु सेवा निगमको ९एन एबीबी ट्विनअटर विमान अर्घाखाँचीको खिदिममा दुर्घटना, चालक दलका तीन सदस्य, १ बालकसहित १५ यात्रु गरी १८ जनाको मृत्यु। 
  • २०७२ फागुन १४ गते नेपालगंजबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको ९एन एजेबी विमान कालिकोटको चिल्खायामा दुर्घटना, चालक दलका दुई जनाको मृत्यु।
  • २०७५ जेठ २ मा हुम्लाको खार्पुनाथ गाउँपालिका–२ र ३ को सीमाना बाउन खर्कमा मकालु एयरलाइन्स ९एन–एजेयु कार्गो जहाज दुर्घटना, चालक दलका दुई जनाको मृत्यु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.