|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९ सिसैयाका बासिन्दाको विग्रदो सडकका कारण सास्ती खेप्नु पर्ने दिनको अन्त्य भएको छ।

बर्षातका बेला हिलाम्मे हुने र हिउँदका बेला खाल्डा खुल्डी हुदा हिँडडुल समेत गर्न नसक्ने सडकमा सहज रुपमा सवारी साधन गुडाउन सकिने भएको छ। जनप्रतिनिधि आएपछि गाउँको मुहार फेरिन लागेको हो।

गाउँका अधिकांश सडकमा माटो भरान, ग्राभेलिङ, सडकको पानी निकासका लागि ड्रेनको निर्माण गरिएको छ। सडकमा ग्राभेल पछि सम्याउनका लागि रोलरको प्रयोग गरी सडकको अबस्थामा निकै सुधार गरिएको छ। 

गाउँका विग्रदो अबस्थामा रहेका सडकको अवस्था सुधार गर्नका लागि जनप्रतिनिधिसँगै स्थानिय बासिन्दाले सहभागिता जनाउदा छोटो अबधिमै धेरै विकास गर्न सकिएको स्थानिय बासिन्दा कासिराम सुनारले बताए।सडक निर्माणका लागि वडा अध्यक्ष, सदस्य आफै सहभागि हुन थालेपछि स्थानिय बासिन्दाले समेत साथ दिएका छन्।  उनले भने ‘गोरु गाडा लैजान समेत मुश्किल हुने सडक चौडा गरिदा अहिले मोटर सहज रुपमा गुडने भएका छन्।’

गाउँमा उत्पादन भएको कृषि उपज, तरकारी र दुध बजारमा लगेर सहज रुपमा बेच्न सकिने भएको संगिता चौधरीले बताईन। सडककै कारण धेरैले उत्पादीत कृषि उपज र तरकारी खेती मौसमी रुपमा मात्रै लगाउदै आएका थिए उनले भनिन ‘सडकमा बाह्रै महिना ढुवानीका साधन गुडन सक्ने भएकाले व्यवसायीक खेती गर्नेहरुको संख्या समेत बढ्दो छ।’

व्यवसायीक रुपमा खेती गर्ने किसानको संख्या बढ्न थाले पछि सिचाईका लागि रु ११लाख रकम खर्चेर १४ वटा बोरिङ अनुदानमा किसानका खेतमा जडान गरिदिएका छौं’ वडा अध्यक्ष रमेश बहादुर ऐरले भने। उनका अनुसार तीन मिटर चौडाईका सडक छ मिटर र आठ मिटर चौडाईका भएका छन।

आउदो वर्ष स्तरोन्नती गरिएका सडकमा कालोपत्रे गर्ने वडा अध्यक्ष ऐरले बताए। हाल सम्म झण्डै २० किलोमिटर सडकको स्तरोन्नतीका लागि रु ४० लाख बढी रकम खर्चिएको छ। तटबन्ध निर्माणका लागि  छ लाख, सडकमा ह्युमपाईप, कल्भर्ट बनाउन र तारजाली राख्नका लागि नौ लाख रकम खर्चिएको छ। 

ताल संरक्षणका लागि दुई लाख, विद्यालयको भवन निर्माणका लागि  पाँच लाख ५० हजार, च्याउ खेतीका लागि दुई लाख ५० हजार रकम लगानी गरिएको वडा सचिव सर्जन साउदले बताए।

सडकको स्तरोन्नतीको कार्य भएपछि चोक चोकमा वडा कार्यालयको पाँच लाख  र त्यतिनै रकम नगरपालीकाको परिचालन गरी सौर्य बत्ति जडानको कार्य समेत भैरहेको उनले जानकारी दिए। विपद् व्यवस्थापनका लागि समेत तीन लाख ८५ हजार रकमको व्यवस्था गरिएको छ। कहिल्यै हुन नसकेको कार्य जनप्रतिनिधी आए पछिको एक वर्षमै भएकाले कार्य प्रति निकै सन्तुष्ट रहेको स्थानिय बासिन्दा बताउँछन् छन्।

यसैगरी कार्य हुने हो भने पाँच वर्षमै विकसित मुलुककै दाँजोमा अगाडी बढन सकिने वडा सदस्य करनबहादुर ऐरले बताउछन्। वडालाई देशकै नमुना बनाउन चाहन्छौं उनले भने ‘त्यसका लागि दिर्धकालीन योजना बनाउनमा जुटेका छौं।’ पहिलो प्राथमिकता सडक सञ्जाललाई दिईए पनि अन्य कार्यलाई समेत एकैसाथ अगाडि बढाउने लक्ष्य लिईएको उनको भनाइ छ। वडामा आठ सय बढी परिवारको बसोवास रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.