कञ्चनपुर : यो याममा रोपाइँ सकेर फुसर्दिला भएका कञ्चनपुरका थारू महिला नदी, ताल तलैया र खोलामा जाल बोकेर माछा मार्दै गरेको भेटिनु नौलो होइन। यस क्षेत्रमा बसोबास गर्ने थारु समुदायको माछा मार्ने पुरानो चलन छ।
पोखरीमा पालिएका र बजारमा बेच्न राखिएका माछाभन्दा थारु समुदाय नदी, खोला, नाला र तलाउमा पाइने स्थानीय जातका माछा खान रुचाउँछन्। त्यसैले पनि माछा मार्नका लागि बिहान निष्कने महिलाहरु परिवारका लागि माछाको जोहो गरेर मात्रै घर फर्कने गर्दछन्।
उनीहरुले बालबालिकाको विद्यालय बिदाका बेला उनीहरुलाई पनि सँगै नदी तलाउमा लगेर माछा मार्न सिकाउँछन्। यसबाट नयाँ पुस्ताले माछा मार्ने कला सिक्ने मौका पाउँछन्।
फुर्सदमा मारिएका माछा सुकाएर राखिने धन बहादुर चौधरीले बताए। ती माछाको सुकुटी कामको चटारो भएका बनाएर चटनीका रुपमा खाने उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।