|

काठमाडाै‌ : प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानको काबुलमा भएको आक्रमण कायतारपूर्ण र अमानवीय भएको बताएका छन्।

आक्रमणमा मारिएका नेपालीहरुप्रति बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रद्धाञ्जली व्यक्त गरेपछि पत्रकारहरुसँगको कुराकानीमा उनले घटनामा कुनै सम्बन्ध नै नभएकाहरुलाई मार्नु अमानवीय र कायरतापूर्ण भएको बताएका हुन्।

‘रोजगारीका सिलसिलामा अफगानिस्तान पुगी सेवाको भावनाले काम गरिररहेका नेपालका जवान व्यक्तिहरुलाई आंतककारीहरुले अत्यन्तै कायरतापूर्ण ढंगले हत्या गर्ने जुन काम भयो, त्यो निन्दनीय छ र नेपाल सरकार त्यसको निन्दा गर्दछ’ उनले भने। 

आक्रमणका क्रममा निर्दोष नेपाली मारिनु अत्यन्त दुखद कुरा भएको भन्दै उनले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरे। सरकार अहिले प्राथमिक काममा जुटेको भन्दै उनले प्राथमिक कामपछि अरु कामहरु गर्दै अघि बढ्ने बताए।

प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत, श्रममन्त्री दिपक बोहोरा, पर्यटनमन्त्री आनन्द पोखरेल र स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही विमानस्थल पुगेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.