|

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका-२ खोल्टीका १३ वर्षीया निर्मला पन्तको बलात्कार पश्चात हत्या गरेको आरोपमा प्रहरीले सोमवार ४१ वर्षीय दीलिप बिष्टलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।बलात्कारपछि हत्या भएको २५ दिन पछि प्रहरीले हत्यामा संलग्न भनिएका बिष्टलाई पक्राउ पश्चात सार्वजनिक गरेको हो।

पक्राउ परेका बिष्ट भीमदत्तनगरपालिका -१९ बागफाँटाका बासिन्दा हुन्। बिष्ट यस अघि समेत २०६५ सालमा आफ्नै कान्छो भिनाजु नारायण सिंह थापाको हत्या गरी सो अभियोगमा ९ बर्ष जेल सजायँ भुक्तान गरी २०७४ जेठमा छुटेकोे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। पक्राउ परेका बिष्टमाथि आवश्यक अनुसन्धानको कार्य भइरहेको छ। बिष्टले हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाई  छ।

कसरी पक्राउ परे बिष्ट

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले हत्या भएको ठाउँमा अनुसन्धान गर्दा सर्टको च्यतिएको खल्तीको टालो फेला परेकाे थियाे। त्यसकै आधारमा खोजी गर्दै जादा बिष्टको सोही रंगको सर्टको खल्ती नभेटेपछि पक्राउ गर्‍याे। अनुसन्धान हुँदै गर्दा बिष्ट घटनास्थल भन्दा ५० मिटर पर लठ्ठी टेकेर उभिएको अवस्थामा सादा पोशाकका प्रहरीले शंका लागेपछि पक्राउ गरेको हो। प्रहरीदेखेपछि लठ्ठी छाडेर भाग्दै गर्दा बिष्ट पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीले गरेको अनुसन्धानमा बिष्टले हत्या गरेको स्वीकार गरेका छन्।

कानुनी कारवाही

पक्राउ परेका अभियुक्त दीलिप सिंह बिष्टलाई जबरजस्ती करणी  र  कर्तब्य ज्यान मुद्दामा जिल्ला अद्दालत कञ्चनपुरबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय कन्चनपुरबाट केन्द्रीय अनुसन्धान ब्युरोको समन्वयमा थप अनुसन्धान भइरहेको छ।

को हुन् बिष्ट

स्कूलमा कक्षामा राम्रो पढ्ने विद्यार्थी दीलिप कक्षा ९ मा पढ्ने बेलामा एकोहोरो मायामा परी एकजना केटीलाई पटक पटक बाटो छेक्ने गरेकोले निज केटीका आफन्तहरूले टाउको समेतमा निकै चोट पर्ने गरी कुटपिट गरेपश्चात पढ्न छोडेको र त्यस पछि फरक ब्यवहार देखाउन थालेका थिए। केटीप्रति क्रेजी भएकाे, गाँजा  र मादक पदार्थ सेवन गर्ने, परिवारका स्त्रीहरूलाई पटक पटक बलात्कार प्रयास गरेको, बाटोमा महिलाहरू एक्लै देखेमा आफ्नो गोप्य अंग देखाउने गरेको र घरबाट दैनिक बिहान ८ र ९ बजे निस्कने र बेलुका रात परेपछि मात्र घर फर्कने गरेका मानसिक स्थिति विग्रिएका मानसिक रोगी रहेकाे बताइन्छ।

परिवारले निजलाई भित्र नसुताई बाहिर नै सुत्ने गरेका थिए। नयाँ लुगा भए पनि नलगाउने र सधैँ पुरानो लुगाहरू मात्र लगाई हिंड्थे। परिवारमा समेत के कुन कति बेला घरमै के घटना घटाउने हो भन्ने त्रास रहेकाे बताइएकाे छ। उनले आफू एक पटक जेल परिसकेको र फेरि सबैलाई मारेर जेल बस्छु भन्दै परिवारका सदस्यलाई समेत धम्काउने गरेका थिए।

घटनाबाट खुल्न आएका तथ्य

प्रहरीका अनुसार मृतक निर्मला पन्त साउन १० गते साथी रोशनी बमको घरमा पुगेकी थिइन्। रोशनीको घरमा पुग्दा निर्मलाको साइकलको चेन बिग्रेकाे थियाे।साइकलको चेन बिग्रेकाे बनाउँदा हातमा कालो लागेको अवस्थामा उनी साथी कहाँ पुगकी थिइन्। अनि रोशनीको घरबाट दिउसो तीन बजेको समयमा घर जान्छु भनी निर्मलासँगै ल्याएको ३ वटा नोटकपी, कालो पोलिथिनको झोलामा अम्बा र रोशनीले दिएको २० रुपैयाँ पैसा समेत लिएर निस्केकी थिइन्।

धना भण्डारी, निजको देउरानी कुमारी जमुना भण्डारी र कुमारी जमुना भण्डारीको छोरा वर्षीय ६ का संदिप भण्डारीले उक्त साइकल भेटिएको स्थानमा घाँस काट्न जाने क्रममा साइकल भेटाएका थिए। तर काम नलाग्ने अवस्थामा थियाे। साउन ११ गते बिहान आठ बजेको समयमा कृष्णा केसी (नेपाल) ले साइकल खोलामा देखि आफन्तहरूलाई खबर गरेका थिए। गोपाल चौधरीले साइकल खोलामा देखी सडकमा निकालेको अवस्थामा मृतकका आफन्त तथा गाउँलेहरू त्यसतर्फ आउँदै गर्दा भेटेका थिए।

पोष्टमार्टम रिपोर्ट

महाकाली अञ्चलमा शव परीक्ष गर्दा चिकित्सकको पोष्टमार्टमको रिपोर्ट अनुसार निर्मलाको बलात्कार पश्चात घाँटी थिची हत्या भएको पुष्टी भएको थियाे। घाटीको कर्ड भाँचिएको पुष्टि भएको थियाे।

हत्यारा पत्ता लगाउन निरन्तर आन्दोलन

साउन १० गते बालिका पन्त साथीको घरमा गृहकार्य गर्न गएका बेला उखु बारीमा मृत अवस्थामा फेला परेपछि स्थानीय बासिन्दा, नागरिक समाज र महिला अधिकारकर्मीैहरूले हत्यारा पक्राउको माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका थिए।

आइतवारदेखि जिल्ला प्रशासन कार्यालय अगाडि रिले अनशनमा बसेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.