अर्को बैठक शुक्रबार बिहान ११ बजे

|

काठमाडौं : भूकम्पपीडितलाई अनुदान वितरण गर्न ढिलाई भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिहीबारको संसद बैठक अवरुद्ध गरेको छ। भूकम्प पीडितमाथि सरकारले खेलवाड गरेको भन्दै बैठक अवरुद्ध गरेको हो। 

बैठकको सुरुमा बोल्दै नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सरकार पुनर्निर्माण गर्ने र भूकम्पपीडितलाई अनुदान वितरणमा गम्भीर नभएकाले त्यसको जवाफ नदिएसम्म बैठक अवरुद्ध गरिरहने बताए। 

‘हामीले भूकम्प पीडितमाथि परेको समस्याको बारेमा संसदमा आवाज उठाएको नौ दिन भइसक्यो, सभामुखले रुलिङ गरेको समेत तीन दिन भइसक्दा समेत सरकारले यसको जवाफ दिइएको छैन' उनले बैठकमा भने  'त्यसैले हामी संसद् बैठक अवरुद्ध पार्न बाध्य भयौं।'  

महतले सरकारबाट ठोस जवाफ नआएसम्म संसद चल्न नदिने समेत उद्घोष गरे। महतले पुनर्निर्माण प्राधिकरणलाई सत्तारुढ दलले पार्टीकरण गरेको र आफ्ना आफ्ना गैर सरकारी संस्थालाई काम दिएको आरोप पनि लगाए।  

कांग्रेसले भूकम्प पीडितलाई सरकारले दिने भनेको अनुदान रकम २ लाख रुपैयाँ एकमुष्ट दिनुपर्ने माग गरेको छ। प्रतिपक्षीले बैठक अवरुद्ध गरेपछि संसद बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • नेपाली कङ्रेश ले यो राम्रो काम गर्न लायकोमा म धेरै खुसी छु।आन्दोलन गर्न परेमा हामी तयार छौ। ।।।।