|

काठमाडौं : औषधि व्यवसायको नाममा लागूऔषध कारोबारमा संलग्न संघाई ग्रुपका रतनलाल संघाई धरौटीमा छुटेका छन्। ललितपुर जिल्ला अदालतले संघाईलाई सोमबार १२ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। संघाई धरौटीमा छुटेपनि उनीसँगै पक्राउ परेका अन्य ४ जनालाई भने पुर्पक्षका लागि चेलचनाल गरिएको छ। 

औषधि व्यवसायका लागि आर्या फर्मास्यिुटिकल्सको नाममा संघाई ग्रुपले सहायक रसायन स्युडोफ्रिडिन तस्करी गरेको आरोपमा गत साउन १२ गते संघाई पक्राउ परेका थिए। उनका भाई पवन संघाई भने फरार छन्। उनीसँगै पक्राउ परेका मोहित हलान, दिलिप पण्डित, बद्रीप्रसाद बन र श्याम मोक्तान तामाङ भने पुर्पक्षको लागि जेल पठाइएको छ। बन र तामाङ भरिकाको रुपमा काम गर्दथे। 

प्रहरीले ३ महिना लगाएर गरेको अनुसन्धानमा पवन र रतनलाल मुख्य आरोपी मानेर लागूऔषध कारोबारका  साथै संगठित अपराध ऐन लगाउन सिफारिस गरेको भएपनि जिल्ला न्यायाधिवक्ताको कार्यालयले तीन तहको कारोबार भएको भन्दै लागूऔषधको मुद्दा मात्र चलाएको थियो। 

संघाईले स्विट्जरल्यान्डबाट सहायक रसायन लागूऔषध नेपाल ल्याएर भारत र चीन तस्करी गर्ने गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले चलाएको ’अपरेसन स्युडो’ बाट संघाई ग्रुपले बाराको जीतपुरमा सञ्चालन गरेको आर्या फर्मास्युटिकल्सले औषधि उत्पादनको आवरणमा लागूऔषध तस्करी गर्ने गरेको पत्ता लगाएको हो। 

सामान्य रुघाखोकी लाग्दा प्रयोग हुने गरिने डिकोल्ड, साइनेक्स जस्ता औषधि बनाउन आवश्यक २९ लाख वटा सिउडोइफेड्रिनको चक्की बरामद गरेको थियो। एम्फेटामाइन नामको लागूऔषध बनाउन सिउडोइफेड्रिन भारत लैजानको लागि पूर्वी नाका काकडभिट्टातर्फ लगिएको अवस्थामा प्रहरीले चक्कीहरु बरामद गरेको थियो। 

प्रहरीले मोहित हलानबाट २० किलो एक सय २५ ग्राम सिउडोइफेड्रिन बरामद गरेको थियो भने दीलिप पण्डितको सुचनाको आधारमा चार सय ७१ किलो ८८ ग्राम सिउडोइफेड्रिन बरामद गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.