|

काठमाडाै‌ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले एनसेलको बेस स्टेशनमा रहेको टावर आक्रमणका क्रममा पक्राउ परेका पार्टीका कार्यकर्ता रिहाईको माग गर्दै सिंहदरबार घेर्ने भएका छन् । केही साताअघि विप्लव माओवादीले एनसेलको टावरमाथी गरेको आक्रमणका क्रममा दर्जनौँ कार्यकर्ता पक्राउ परेका थिए । 

महंगी, कालोबजारी, भ्रष्टचारीका विरुद्धमा जनताको समर्थनमा दृढताका साथ कारबाहीमा उत्रिएका आफ्ना कार्यकर्तालाई बिना शर्त रिहाईको माग गर्दै जेठ १६ गते सिंहदरबार घेर्ने कार्यक्रम तय भएको नेकपा माओवादीका नेता माइला लामाले जानकारी दिए ।

‘हामी पक्राउ परेका हाम्रा कार्यकर्ताको रिहाईको माग गर्दै दशौ हजार कार्यकर्ताको सहभागितामा सिंहदरबार घेर्दैर्छौ’ थाहा खबरसँगको संवादमा उनले भने, ‘सिंहदरबार घेर्दा पनि हाम्रा कार्यकर्तालाई रिहाई गरिएन भने सरकारले थेग्न नसक्ने गरी आन्दोलन गर्छौ ।’

उनका अनुसार सोही दिन विप्लव माओवादीले देशभरका जिल्ला प्रशासन कार्यालय समेत घेराउ गर्नेछन् । सो घेराउ कार्यक्रममा व्यापक सहभागिता जनाउनका लागि विप्लव माओवादीले कार्यकर्ता परिचालन गर्न थालेका छन् ।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.