|

काठमाडौं : निर्वाचनकाे मुखमा नेपाली कांग्रेससँग एकता गरेका विजयकुमार गच्छदारलाई २०० महासमिति दिने नेपाली कांग्रेस शीर्ष नेताले सहमति गरेका छन्। पार्टीमा गच्छदारकाे मागका विषय पेचिलाे बन्दै गएकाे अबस्थामा उनलाई २०० महासमिति सदस्य र १५० पर्यवेक्षक दिने सहमति शीर्ष नेताले जुटाएका हुन्।

`महासमिति र पर्यवेक्षक गरि ३५० जना काेटा दिने सहमति गरेका छाैँ´ , गच्छदार सहितकाे बैठकमा बसेका एक नेताले बताए।
महासमितिमा मागेजति काेटा नपाएमा विद्राेह गर्ने चेतावनी गच्छदारले दिएका थिए।

उपसभापतिसमेत रहेका  गच्छदारले फोरम लोकतान्त्रिकसँग एकता हुँदा भएको सहमति कार्यन्वयन नभए विद्रोह गर्ने चेतावनी दिएका छन्। उनले एकताताका भएको सहमतिअनुसार तीन सय महासमिति सदस्य दिनुपर्ने अडान राखेका थिए। 
गच्छदारका कति कार्यकर्ता महासमिति बैठकमा सहभागी गराउने भन्ने अझै टुंगो नलागदै  तराईका जिल्लाबाट एउटा निर्वाचन क्षेत्र बराबर तीन जनालाई काठमाडौं बोलाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.