|

कालिकोटः जिल्लाको खाँडाचक्र नगरपालिका ५ को बाघमेला घोडेनामा रहेको कालिका आधारभूत विद्यालयका विद्यार्थीहरू जोखिमपूर्ण टिनकाे छाप्रोमा पढ्न बाध्य रहेका छन्। गत भदौं महिनामा आएको बाढीले बिद्यालयको भवन पहिरोले भत्काएपछि बिद्यार्थीहरू टिनको छानोमा पढ्न बाध्य भएका हुन्। 

कक्षा १ देखि ४ कक्षासम्म पढाई कालिका आधारभूत विद्यालयमा ६१ जना छात्रछात्रा रहेका छन् भने दुईजना शिक्षक रहेका छन्। विद्यालयमा तीन कोठेभवन पहिरोका कारणले भत्काएको नयाँ भवन बनाउन नसक्दा अहिले विद्यार्थीलाई एउटै सानो टिनको छाप्रोमा पढाउन थालिएको वडा अध्यक्ष खडानन्द चौलागाइँले बताए। ‘विद्यालयको भवन पहिरोको कारणले भत्काएको छ।’ उनले भने,‘नयाँ भवन बनाउन नसक्दा टिनको छानोमा विद्यार्थीलाई पढाउन परेको छ।’

कक्षा १ देखि ४ कक्षासम्मका विद्यार्थीलाई एउटै छानोमा पढाउन पर्दा समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक चरित्राकुमारी शाहीले बताइन्। ‘सबै विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनु पर्छ।’ उनले भनिन्,‘एउटै कक्षामा राखेर पढाउनु पर्दा समस्या भएको छ।’ विद्यालय भवन निर्माणका लागि बिभिन्न निकायसँग पहल थालिएको र कसैले पनि सहयोग नगरे नगरपालिका आगामी आर्थिक वर्षमा विद्यालय भवन बनाउन रकम दिने आश्वासन दिएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नवराज शाहीले बताए। 

‘विद्यालय बनाउनका लागि बिभिन्न निकायसँग सहयोगका लागि आग्रह गरेका थियौं। अहिलेसम्म कसैले सहयोग गरेको छैन।’ उनले भने,‘आगामी आर्थिक वर्षमा नगरपालिकाले सहयोग गर्ने वचन दिएको छ।’ विद्यालयको तिन कोठे भवन भत्काएपछि अभिभावकले नै टिनको छानो बनाएको टिनको ब्यवस्था अभिभावकले नै गरेको विद्यालय वडा अध्यक्ष चौलागाईले बताए। ‘टिन र छानो अभिभावकहरूले नै बनाएका हुन्।’ उनले भने,‘मैले विद्यालय भवन बनाउनका लागि सबै ठाउँमा पहल चालेका छु।’

कक्षा १ देखि ४ कक्षासम्म विद्यार्थीलाई पढाउनका लागि एकजना राहत शिक्षक र एकजना बाल कक्षाका शिक्षक मात्र रहेका कारणले शिक्षकको समस्या समेत रहेको प्रधानाध्यापक शाहीले बताइन्। ‘विद्यालयमा एक जना बाल कक्षाका शिक्षक र एक म मात्र छौं।’ उनले भनिन्,‘हामी दुई जनाले मात्र ४ कक्षासम्मका विद्यार्थीलाई पढाउनु पर्दा समस्या भएको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.