|

काठमाडौं : सांसद राजेन्द्र लिङ्देनले खानेपानी मन्त्रालयमाथि छानविन गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई आग्रह गरेका छन्। मंगलबारको विकास तथा प्रविधि समितिको बैठकमा मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीलाई विवाद समाधान बोर्डले ३६ करोड रुपैयाँ भुक्तानी गर्न निर्देशन दिएको र ठेकेदार कम्पनीले नदिँदा काम गर्न सक्दिनँ भन्दा पनि रकम नदिएको, निकासी नगरेको सवालमा छानविन गर्न माग गरेका हुन्।

'परिकल्पना गर्ने राजा वीरेन्द्रको वंश नाश भयो, मेलम्चीको पानी लिएर काठमाडौं पखाल्छु भन्ने प्रधानमन्त्री यहाँ हुनुहुन्न', लिङ्देनले भने, 'अन्तिम चरणमा आयोजना अनिश्‍चित बनेको छ, यसको छानविन गर्न  सतर्कता केन्द्रलाई आग्रह गर्छु।'

उनले विवाद समाधान बोर्डले ३६ करोड रुपैयाँ दिन समय तोक्नु र त्यो समयमा नदिए काम गर्न सक्दिनँ भन्दा पनि रकम नपाउनु अनियमितताको कारण हुनसक्ने बताए। 'बाहिर कुरा आएको छ लाखमा कमिसन दिँदा भएन रे, करोड दिन सकेन रे!' लिङ्देनलले भने।

उनले विकास समितिले पनि छुट्टै उपसमिति बनाएर छानविन गर्नुपर्ने माग गरेका छन्। यसअघि खानेपानीमन्त्री बिना मगरले खाता वान वे भएको कारण बोर्डले भनेको रकम दिन नसकिएको बताएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.