|

संयुक्त राष्ट्रसंघले पत्रकार जमाल खाशोग्गीको हत्या साउदी अरेबियाका अधिकारीको योजनावद्ध तयारीका गरेको जनाएको छ। 

संयुक्त राष्ट्रसंघको नेतृत्वमा भएको अनुसन्धानले पत्रकार खाशोग्गीको हत्या साउदी अधिकारीको तयारी र योजनावद्ध नियत अनुसार भएको निष्कर्ष निकालेको हो। अनुन्धानको प्रतिवेदन संयुक्त राष्ट्रसंघीय टोलीले बिहिबार सार्वजनिक गरेको हो। अमेरिकी पत्रिका द वासिंगटन पोस्टमा लेख्दै आएका साउदी अरेबियाका पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको थियो।  

साउदी अरेबियाले भने खाशोग्गीको हत्यामा युवराज मोहम्मद बीन सल्मान वा राजपरिवारका अरु कुनै पनि सदस्यको संलग्नता नरहेको स्पष्ट रुपमा बताउँदै आएको छ। दशक भन्दा लामो समय साउदी राजपरिवारको सल्लाहकार रहेका खाशोग्गी पछिल्लो समय युवराज सल्मानका तीव्र आलोचक बनेका थिए। खाशोग्गीको हत्या एमबिएसकै निर्देशनमा भएको विश्वास अमेरिकी गुप्तचर निकाय सिआइएले पनि गरेको छ।

संयुक्त राष्ट्रसंघीय टोलीले पनि सरकारी अधिकारीको निर्देशन र योजनामा खाशोग्गीको हत्या भएको निष्कर्ष निकालेपछि साउदी उच्च अधिकारीको संलग्नता पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.