कालिकोट : जिल्लाको खाँडाचक्र नगरपालिका–६ को माथिल्लो सेरवाडामा सिँचाइ सुविधाको अभावमा ७० वर्षदेखि करिब १ हजार हेक्टर जमिन बाँझै रहेको छ। सिँचाइ सुविधा नहुँदा १ हजार हेक्टर जमिन बाँझै रहेको हो। पहिला सिँचाइ सुविधा हुँदा राम्रो अन्नबाली फल्ने जमिन अहिले सिँचाइ सुविधा नहुँदा बाँझै रहेको त्यहाँका स्थानीयहरू बसाइँ सरेर अहिले खण्डहर बनेको छ।
खाँडाचक्र नगरपालिका-६ का करिब १ सय जनाको नाममा रहेको जमिन सिँचाइ सुविधा र खानेपानीको समस्याका कारणले अहिले जमिन बाँझो रहेको चौरमा परिणत भएको स्थानीय मनसिंह शाहीले बताए। ‘यो बाँझो रहेको जमिन करिब एक सय जनाको नाममा रहेको छ’ उनले भने, ‘करिब ७० वर्ष जति भयो यहाँ बाली लगाउन छाडिएको छ।’
सिँचाइ समस्याले सर्यो बस्ती ७० वर्षअघि सिँचाइ सुविधा र खानेपानीको सुविधा हुँदा बाक्लो बस्ती रहेको माथिल्लो सेराबाडामा अहिले कुनै पनि घर देख्न सकिँदैन। केवल घरका भित्ताहरू भग्नावशेषमा रहेको त्यो ठाउँमा अहिले बाँझो जमिन मात्र देख्न सकिन्छ।
पहिला माथिल्लो सेरावाडामा बाक्लो बस्ती रहेको खानेपानी र सिँचाइका कारणले त्यो बस्ती अहिले अन्यत्रै सरेको वडा अध्यक्ष जगदीश शाहीले बताए। ‘विगतमा त्यहाँ ठूलो बस्ती रहेको थियो।’ उनले भने, ‘खानेपानी र सिँचाइ सुविधाको अभावका कारणले त्यो बस्ती अन्यतै सर्यो।’
सिँचाइ सुविधा भएको भए मलिलो माटो भएको माथिल्लो सेरावाडामा राम्रो खाद्यान्न बाली हुने वडा अध्यक्ष शाहीले बताए। ‘त्यो ठाउँमा निकै मलिलो माटो रहेको छ।’ उनले भने, ‘सिँचाइ सुविधा हुने हो निकै राम्रो खाद्यान्न बाली हुने थियो।’
बन्द भयो विद्यालय
विगतमा बाक्लो बस्ती भएका कारणले माथिल्लो सेरावाडामा रहेको विद्यालय मर्ज गरिएको छ। बस्ती नै नभएका कारणले विद्यार्थी पढ्नका लागि नआउने भएका कारणले विद्यालय मर्ज गरिएको हो।
विगतमा बाक्लो बस्ती भएका कारणले त्यहाँ सेरावाडा प्राथामिक विद्यालय रहेको र पछि बस्ती नै अन्यन्त्र सरेका कारणले विद्यार्थी नै विद्यालय नआउने भएपछि २०६५ सालमा त्यो विद्यालयलाई तल्लो सेरावाडा र दाहाको विद्यालयमा मर्ज भएको स्थानीय नैनबहादुर शाहीले बताए। ‘पहिलो बस्ती भएका कारणले त्यहाँ विद्यालय रहेको थियो।’ उनले भने,‘बस्ती नै अर्को ठाउँ सरेपछि विद्यालयलाई तल्लो सेरावाडा र दाहाँमा मर्ज गरिएको हो।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।