घरायसी कामदेखि विकास निर्माणसम्म महिला
घरायसी कामदेखि विकास निर्माणसम्म महिला
कालिकोट : यहाँका अधिकास महिलाहरुले घरायसी कामदेखि विकास निर्माणका काम गर्नुपर्ने बाध्यता रहेको छ। पुरुष प्रायः कमाईका लागि अन्य ठाउँमा जाने भएका कारणले महिलाहरुले घरायसी कामदेखि विकास निर्माणका काम गर्ने गरेका हुन्। प्रायः पुरुषहरु रोजगारीका लागि अन्य ठाउँमा जाने भएकाले महिलाहरु मात्र गाउँमा रहने गरेका छन्।
यहाँका महिलाहरुले चुलोचौकादेखि विकास निर्माणका काम गर्नुपर्ने बाध्यता रहेको पुरुषहरु प्रायः विदेश तथा रोजगारीका लागि अन्य ठाउँमा जाने गरेको तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपाली(दर्शना)ले बताइन्। ‘पुरुषहरु रोजगारीका लागि बिदेशमा जाने गरेका छन्।’ उनले भनिन्,‘महिलाहरुले नै घरयासीका विकास निर्माणमा काम गर्नुपर्ने बाध्यता रहेको छ।’
घरमा रहेका पुरुषहरु पनि विकास निर्माणका काम त्यति अग्रसर नहुने भएका कारणले महिलाहरुले नै सबै काममा अग्रसर हुने गरेको खाँडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्टले बताइन्। ‘पुरुषहरु घरमा भए पनि काम गर्नलाई अग्रसर हुँदैनन्।’ उनले भनिन्,‘चुलोचौकादेखि अन्य सबै काम महिलाहरुले नै गर्नुपरेको छ।’
पुरुषहरु घरमा भए पनि जुवा तास रक्सीमा ब्यस्त हुने गरेका कारणले सबै काम आफुहरुले नै गर्नु परेको रास्कोट नगरपालिका–९ फुकोट रमा बोगटीले बताइन्। ‘पुरुषहरु घरमा भएपनि काम गर्दैनन्।’ उनले भनिन्,‘प्रायः जुवातास र रक्सीमा ब्यस्त हुने गर्छन्।’
महिलाहरुमा नै सबै प्रकारका कार्यबोझ हुदाँ रोगको शिकार महिलामा बढी हुने गरेको पचालझरना गाउँपालिकाका उपाध्यक्ष तारा न्यौपानेले बताइन्। ‘महिलामा सबै प्रकारका कार्यबोझ हुदाँ रोगको शिकार बढी महिला हुने गरेका छन्।’ उनले भनिन्,‘त्यसै कारणले यहाँका अंधिकास महिलाको अकालमा नै मृत्यु हुने गरेका छ।’
जिल्लाका अधिकास ग्रामीण महिलाहरु मेलापात, भान्सा, भारी बोक्नेदेखि हाटबजारसम्मका गर्ने काम गर्ने गरेको नरहरीनाथ गाउँपालिका वडा नं. ९ लालुका सिता रावलले बताइन्। ‘गाउँका महिलाहरु मेलापातदेखि हाटहजारको काम गर्नुपर्ने बाध्यता रहेको छ।’ उनले भनिन्,‘गाउँका महिलाहरुलाई कामको बोझ धेरै हुने गर्दछ।’
महिलाहरुलाई कार्यबोझ धेरै हुने भएकाले पाठेघर र आङ्ग खस्ने लगाएतका रोग बढी लाग्ने गरेको खाँडचक्र नगरपालिका–६ दाहाँ स्वास्थ्य चौकी इन्चार्ज रुपा महतले बताइन्। ‘महिलाहरु बढी कार्यबोझ हुने भएका कारणले यहाँका अंधिकास महिलाहरुमा आङ्ग खस्ने समस्या रहेको छ।’ उनले भनिन्,‘सुत्केरी भएका बेला पनि काम गर्ने भएका कारणले महिलामा बढी आङ खस्ने समस्या हुन्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।