|

काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रले बिहीबार सल्लाहकार कमिटी गठन गर्ने भएको छ। सल्लाहकार कमिटी गठन लगायतका समसामयिक राजनीतिक र सांगठनिक संरचनाका विषयमा छलफल गर्न माओवादी केन्द्रले कार्यालय समितिको बैठक बोलाएको छ।

बिहीबार दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले सल्लाहकार कमिटी गठन गर्ने भएको हो। बुधबार बस्ने भनिएको कार्यालय समितिको बैठक व्यवस्थापिका संसद्को बैठकका कारण स्थगित भएको थियो। 

बैठकले माओवादी केन्द्रका नेता वर्षमान पुन नेतृत्वको संगठन समायोजक समितिले पेश गरेको प्रतिवेदनमाथी आवश्यक छलफल गरी अनुमोदन गर्ने तयारी गरेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले थाहाखबरलाई बताइन्।

सल्लाहकार कमिटी कति जनाको बनाउने भन्ने विषयमा भने केन्द्रभित्र छलफल भएको छैन। यद्यपि पुरानो सल्लाहकार कमिटीका पदाधिकारीलाई यथावत राखी केही नयाँ थपेर कमिटी गठन गर्ने माओवादी केन्द्रको तयारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.