|

सोलुखुम्बु : देशको विभिन्न १२ वटा हिमाल आरोहणका लागि २३ समूहका १७७ जनाले अनुमति पाएका छन्। पर्यटन विभागका नायव सुब्बा रामेश्वर निरौलाका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणका अनुमति लिएका छन्।

सोमबारसम्म सगरमाथा आरोहणका लागि आठ समूहले अनुमति लिइसकेका छन्। उक्त समूहमा एक नेपालीसहित ७३ जना बिदेशी नागरिक रहेका छन्। सन् २०१८ को यही सिजनमा सगरमाथा आरोहणका लागि ३४ समूह आएका थिए। 

आठ हजार ५१६ मिटर उचाइको तोत्से हिमाल आरोहणका लागि दुई समूहका ११ जना जना र नुप्त्से र आमादब्बलम हिमाल आरोहणका लागि १/१ समूहका २० जनाले अनुमति पाएको पर्यटन विभागले जनाएको छ। विभागका अनुसार सोमबारसम्म सात हजार ८६१ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि १२ जना र ६ हजार ८१४ मिटर उचाइको आमादब्लम हिमाल आरोहणका लागि आठ जनाले अनुमति लिएका छन्। 

पौने नौ करोडभन्दा बढी राजस्व

सरकारले विभिन्न हिमाल अरोहणका लागि अनुमित लिएका आरोहीबाट नौ करोड ८४ लाख २६ हजार ८२७ रुपैयाँ राजश्व संकलन गरेको छ। विभिन्न १२ वटा हिमाल आरोहणका लागि अनुमित लिएका २३ समूहका १७७ जनाबाट उक्त राजस्व संकलन भएको हो। 

जसमा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति लिएका आरोहीबाट आठ करोड ६३ लाख २५ हजार ५२५ रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागका नायव सुब्बा रामेश्वर निरौलाले जानकारी दिए। उनका अनुसार तोत्से हिमाल आरोहीबाट २१ लाख ९० हजार ३३० र नुप्त्से हिमाल आरोहीबाट सात लाख ९४ हजार ५२० राजस्व संकलन भएको छ। यस्तै, आमादब्लम हिमाल आरोहीबाट तीन लाख ५२ हजार ९६० रुपैयाँ संकलन भएको छ।

सगरमाथा आरोहणको राजस्व ऋतुअनुसार फरकफरक हुन्छ। विदेशी आरोहीले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर तिर्नु पर्दछ। शरद ऋतुमा पाँच हजार ५०० र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर तिर्नु पर्दछ । यस्तै, नेपाली आरोहीले वसन्तु ऋतुमा ७५ हजार, शरद ऋतुमा ३७ हजार ५०० र गर्मीयाममा १८ हजार २५० रुपैयाँ तिर्नुपर्ने कानुनी व्यवस्था छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.