|

काठमाडौं : परपुरुषसँगको शारीरिक सम्बन्ध र त्यसपछि सुरु भएको बार्गेनिङका क्रममा अन्‍तत एक युवतीको मृत्युको कारण बनेको छ। 

ललितपुर बालकुमारी बस्‍ने सोभिता खड्का यादवको परपुरुषसँग शारीरिक सम्बन्ध राखेर बार्गेनिङ गर्ने क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार मृतक शोभिताको १० वर्ष कान्छा केटासँग अवैध सम्बन्ध थियो। 

सोभिताका श्रीमान् वैदेशिक रोजगारीका शिलशिलामा विदेशमा थिए। उनी काठमाडौंमै गार्मेन्ट उद्योगमा काम गर्थिन्। सँगै काम गर्ने रौतहट समनपुरका २० वर्षीय राजु महमदसँगको प्रेममा फसिन्।'उनीहरुबीच शारीरिक सम्बन्ध पनि भएको देखियो,' महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी पिताम्बर अधिकारी भने।

अधिकारीका अनुसार शोभिता गर्भवती भएपछि घटनाले नराम्रो मोड लियो। शोभिताले गर्भ तुहाउनका लागि राजुसँग ५ लाख मागिन्। राजुले मानेनन्। बार्गेनिङ चल्दै गयो। 

यसरी भयो हत्याकान्डको खुलासा 

सप्तरी डाढा स्थायी घर भएकी खड्का गत असोज ५ गते राती अबेरसम्म घरमा नआएपछि परिवारले खोजी थाल्यो। शोभिताका भाइ विपिनले प्रहरीमा उजुरी गरे। खोजतलासको क्रममा प्रहरीले मंसिर १३ गते बालकुमारी स्थित एक पोखरीमा एउटा शव भेट्यो। पोखरीमा घाँस काट्न गएकाहरुले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शव खड्काको हुनसक्ने ठानेर भाइलाई बोलायो। शव शोभिताकै भएको पुष्टि भयो। 

यसपछि प्रहरीले शोभिताका विषयमा थप खोजी थाल्यो। अनुसन्धानकै क्रममा प्रहरीले उनको महमदसँगको सम्बन्ध पत्ता लगायो। अनुसन्धान गर्दै जाँदा शोभिताले बार्गेनिङ गरेको रहस्य खुल्यो।‘खड्काले पटक पटक पाँच लाख रुपैयाँ माग गरेकी रहिछिन्’ एसएसपी अधिकारीले भने- ‘रकम नदिए श्रीमानलाई भनेर कारबाही गर्ने धम्की दिएपछि उनले हत्या गरेका रहेछन्। रकम पनि दिन नसकेपछि कारबाहीमा परिने डरले नै हत्या भएको हो।’

महमदले भेट्ने बहानामा असोज ५ गते सो गुइपोखरीमा लगेर घाँटी थिचेर हत्या गरेका थिए। महमदलाई प्रहरीले मंसिर ८ गते पक्राउ गरेको छ। पक्राउपछि उनलाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएकोछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.