|

काठमाडौं : सरकारले सार्वजनिक विद्यालय सुधार गर्नका लागि यही वैशाख ११ र १२ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ।

उक्त सम्मेलनका लागि विद्यालयतर्फका सातवटा प्रदेशबाट २३ विद्यालयलाई छनोट गरिएको छ। प्रदेश १ बाट ४, प्रदेश २ बाट २, प्रदेश ३ बाट ३ र प्रदेश ४ बाट ४ वटा विद्यालयलाई छनोट गरिएको छ। त्यस्तै प्रदेश ५ बाट ५, प्रदेश ६ बाट ३ र प्रदेश ७ बाट २ विद्यालयहरु छनोटमा परेका छन्। छनोटमा परेका विद्यालयले आफूले सामुदायिक शिक्षा सुधार गर्नका लागि गरेका विषयवस्तु सम्मेलनमा प्रस्तुत गर्नुपर्ने प्रावधान समेत रहेका छ।

सम्मेलनमा गाउँपालिकाको तर्फबाट पूर्वखोला पाल्पा र हल्दीबारी झापा छनोटमा परेका छन्। यो सँगै बारबर्दिया बर्दिया, होप्सेकोट नवलपरासी, वागमती सर्लाही र नरहरिनाथ नगरपालिका कालिकोट सहभागी हुनेछन्।

सार्वजनिक विद्यालयलाई अझ दरिलो, प्रभावकारी बनाउन र विद्यालयमा देखिएका कमी कमजोरीलाई सुधार गर्नका लागि सो सम्मेलन गर्न लागिएको हो। सरकारले सबै प्रदेशमा विद्यालय तहको शिक्षालाई सुधार गर्न योजनाअनुरुप पहिलोपटक राष्ट्रिय सम्मेलन गर्न लागेको हो। उक्त सम्मेलनका लागि शिक्षा अन्तर्गतका सम्पूर्ण पदाधिकारी र शिक्षा प्रमुखको सहभागी हुने सम्मेलन आयोजक समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.