त्रियुगा नदी नियन्त्रणको लागि गुरु योजना

|

उदयपुर : त्रियुगा सभ्यता र विकास कार्यक्रमअन्‍तर्गत त्रियुगा नदी सरसफाइ गरिएको छ। त्रियुगा नदीलाई बहुउपयोगी बनाउन तथा त्रियुगा नदीको दिगो व्यवस्थापन गर्ने उद्देश्यले शनिबार सरसफाई कार्यक्रम गरिएको हो।

‘त्रियुगा सभ्यता’ कार्यक्रमअन्तर्गत शनिबार देखी औपचारिक कार्यक्रम सुरु गरिएको घोषणा गर्दै सरसफाइ गरिएको बताइएको छ। सरसफाइ कार्यक्रमको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेब चौधरीले त्रियुगाको सिरदेखि तीर दोभानसम्मको ४२ किलोमिटर दूरीमा दुवैतर्फ जैविक प्रविधिको बाँध निर्माण, सिँचाइ, विद्युत् र खानेपानी योजना समेटेर गुरुयोजना तयार बनाएको बातएका छन्।

त्रियुगा नदीलाई बहुउपयोगी बनाउन गुरु योजना

अभिशाप’ बन्दै आएको त्रियुगा नदीलाई बहुउपयोगी बनाउन गुरु योजना (डिपिआर ) तयार पारिएको छ। नदीको दिगो व्यवस्थापन गर्दै अभिशापलाई ‘बरदानमा’ सावित गर्ने उद्देश्यले नगरपालिकाले ‘त्रियुगा सभ्यता’ र विकास नाम दिएर अभियानले त्रियुगा नदी नियन्‍त्रण गर्ने लक्ष्य लिइएको छ।

बरुवा र त्रियुगा नदीमा बर्सेनि आउने बाढीले खेतीयोग्य जमिन कटान गर्नुका साथै व्यापक जनधनको क्षति गर्दै आएको त्रियुगा नदीको दिगो र भरपर्दो व्यवस्थापन गर्न नगरपालिकाले त्रियुगा सभ्यता र बिकास नाम दिएर काम थालेको हो। एकिकृत विकास परियोजनाअन्‍तर्गत त्रियुगा नदि नियन्त्रणका लागि त्रियुगा नगरपालिका–७ स्थित कालीखोला तोरीबारीदेखि बेलका नगरपालिका– २ स्थित सप्तकोशी दोभानसम्म ४२.५ किलोमिटर लामो डिपिआर तयार गरेको हो।

त्रियुगाको शीरदेखि तीरसम्मको ४२.५ किलोमिटर दूरीमा दुवैतर्फ आधुनिक तथा जैविक प्रविधिको बाँध बाँध्दै सिंचाई, विद्युत र खानेपानी सुविधा जस्ता बहुउपयोगी उपलब्धी हासिल गर्न डिपिआर निर्माण गरि काम थालिएको त्रियुगा नगरपालिकाका नगर प चौधरीले जानकारी दिए। ‘त्रियुगा नदिको कालीखोला देखि तपेश्वरी सम्म ४२.५ किलोमिटर गरि दुवै तर्फ ८५ किलो मिटर लामो बाँध निर्माण गर्न नेपाल सरकारबाट डिपिआर निर्माण गरि स्वीकृत छ,’ उनले भने, ‘डिपिआरले त्रियुगा नदि नियन्त्रण आयोजना कार्यालय सञ्चालनमा आउनेछ।’

त्रियुगा सभ्यता विकास तथा बरुवा बेलदोभान एकिकृत बिकास परियोजनाका लागि छिमेकी मित्रराष्ट्र चीनका प्रतिष्ठीत कम्पनी जेन्चु ग्रुपका अध्यक्ष कसहीयोङले लगानी गर्ने भएको छ। त्रियुगा नगरपालिका क्षेत्रमा परियोजनाका लागि एभेरेष्ट इटिटिआर गुरुप गरि दुबै समुहले रोड, बेस्ट प्रोजेक्ट कृषि, उर्जा, पर्यटन लगानी गर्ने जनाएको छ। सोलार हाइड्रो पावर, कृषि, पानी, फर्निचर हुने त्रियुगा नगरपालिकाका नगर चौधरीले बताए। जुन अभियान त्रियुगा सभ्यता र विकास अभियान हो।

चुरेका खहरेखोला चुनौती

उदयपुरको सबैभन्दा ठूलो समस्याका त्रियुगा नदीनै हो। बाढीले बर्सेनि सयौं हेक्टर जमिन, दर्जनौं घर र जनधनको क्षति गर्न थालेपछि त्यसको नियन्त्रणका लागि उपाय तयार गरिएको हो। डिपिआरअनुसार नदी नियन्त्रणका क्रममा चुरे क्षेत्र खहरे खोला बाधक बनेका छन्। त्रियुगामा मिसिने माटीखौवा, जलजले, मोहनपुर, देउरी, फर्सेठ, ठाडी, हडियाखोला, सिवाइखोला, गेरखोला, बरुवा, भिमा, द्वारखोला तथा दर्जन बढी खोल्सी समेत व्यवस्थित गर्ने गरी डिपिआर तयार गरिएको छ। उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित कालीखोला तोरीबारी)देखि बेलका नगरपालिका– २ स्थित सप्तकोशी नदीसम्म दुवैतर्फ ५० किलोमिटर लामो बाँध निर्माण गरी त्रियुगा नियन्त्रण गरिने डिपिआर तयार गरिएको छ।

६ अर्ब ८४ करोडको लागिमा १० वर्षभित्र नियान्त्रण गर्ने योजना छ। ०७५/०७६ देखि काम सुरु गर्ने गरी योजना कार्यन्वयमा ल्याई आव ०८४÷०८५ सम्ममा काम सम्पन्न हुनेछ। ५० वर्षपछि आउने बाढीलाई लक्षित गरी डिपिआर तयार गरिएको आयोजनाले जनाएको छ।

नदीमा ९ मिटरको बाँध निर्माण गरिने छ। नदीको सतह १७ मिटर चौडाईमा सीमित गरिने छ भने विभिन्न स्थानमा गरी २ दर्जनभन्दा बढी पुल निर्माण हुनेछन्।

८० हजार जनता प्रत्यक्ष लाभान्वि

नदी नियन्त्रण योजना सम्पन्न भएपछि बाँध निर्माण भएपछि उदयपुरको त्रियुगा, चौदण्डिगढी, बेलका तथा सप्तरीको सप्तकोशी र कञ्चनरुप नगरपालिकाका हजारौं जनता बाढीको चपेटाबाट मुक्त हुनेछन्। १० हजार घरधुरीका ८० हजार जनता प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ। बाँध निर्माणले कुल २ हजार २ सय हेक्टर जमिनमा फाइदा पुग्ने छ। ४ सय हेक्टर जग्गा उकास हुने आयोजना प्रमुख यादवले जानकारी दिए।

प्राकृतिक सम्पदाहरू मानव अतिक्रणको चपेटामा परेकै कारण त्रियुगाले बर्सेनि क्षति हुने गरेको भन्दै यसको रोकथाम र संरक्षणमा नगरबासीको सहभागिताको खाँचो औंल्याए।

त्रियुगाको सभ्‍यता भाषा संस्कृतिसँग जोडिएको छ। त्रियुगा पहिला मानिसले फड्को मारेर तर्न सकिने थियो। त्रियुगाको सभ्यतालाई यहाँ मात्र सिमित नराखि अनेत्र पनि फैलाउन पर्नेमा नगर प्रमुख चौधरीको जोड् थियो। त्रियुगा नगरपालिकाको नगरसभाले त्रियुगाको सभ्यता र विकासको नाममै राखेर योजना अघि बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.