कपिलबस्तु : कपिलबस्तुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट कपिलबस्तु नगरपालिका-१ जमुवारटोलका बिजेन्द्र धोबी (कल्लु) को मृत्यु भएको हो ।
मंगलबार साँझ तौलिहवा-मर्जादपुर सडकखण्डको कपिलबस्तु नगरपालिका-५ दलदलहामा लु १ ख ९५५२ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको लु ३ प ५००१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २८ वर्षीय धोबीको मृत्यु भएको हो ।
ठक्करबाट घाइते भएका धोवीको उपचारका लागि जिल्ला अस्पताल, तौलिहवा लगिएको थियो । तर उनको अस्पताल नपुर्याउँदै मृत्यु भइसकेको वडा प्रहरी कार्यालय तौलिहवाले जनाएको छ ।
ठक्कर दिने ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । मृतक धोवीका एक छोरा र छोरी छन् । उनको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा राखिएको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।