किन बढाउन सक्दैन नेपालले निर्यात?

|

काठमाडौं : आर्थिक वर्ष २०७३/७४ मा उल्लेख्य व्यापार भएर पनि नाफामा रहेने राष्ट्रहरूमा अमेरिका, टर्की र नर्वे अग्रस्थानमा रहेका थिए। चालु आर्थिक वर्षमा हेर्ने हो भने यी तीनवटा राष्ट्रसँग नेपाललेको उल्लेख्य व्यापार  उल्लेख्य बढेको छ।

आर्थिक २०७३/७४ मा नेपालको अमेरिकासँग ७३ अर्ब ४२ करोड ६५ लाख रुपैयाँको व्यापार भयो। जसमध्ये आयात व्यापारको तुलनामा निर्यात व्यापार ४९ करोड ६९ लाख भयो अर्थात् यो रकम बराबरको नाफा भयो। आर्थिक वर्ष २०७४/७५ बाट नै अमेरिकासँगको व्यापार घाटामा केन्द्रित भयो। जम्मा व्यापार १९ अर्ब ५ करोड ६६ लाखको हुँदा ७३ करोड १५ लाख रुपैयाँ घाटा अर्थात् निर्यातको तुलनामा आयात बढी भयो।

१८ अर्ब ७७ करोड १३ लाख रुपैयाँको भएको छ। जसमा नौ अर्ब ९२ करोड ३९ लाख रुपैयाँको आयात, आठ अर्ब ८४ कोड ७४ लाख रुपैयाँको निर्यात भएको छ। अर्थात् व्यापार घाटा एक अर्ब सात करोड ६४ लाख पुगेको छ।

टर्कीसँगको व्यापार नाफा आर्थिक वर्ष २०७३/७४ को तुलनामा आथिक वर्षमा २०७४/७५ मा ९४ करोड रुपैयाँ बढ्यो। अघिल्लो आर्थिक वर्षमा एक अर्ब तीन करोड रुपैयाँ बढी रहेको व्यापार नाफा आर्थिक वर्ष २०७४/७५ मा एक अर्ब ९७ करोडभन्दा बढी भयो। तर, चालु आर्थिक वर्षमा टर्कीसँगको व्यापारमा उल्लेख्य घाटा देखिएको छ।

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा टर्कीसँग चार अर्ब ९२ करोड ७१२ लाखको आयात व्यापार भएको छ भने जम्मा दुई अर्ब ५५ करोड २९ लाख रहेको छ। यसको तुलनामा घाटा दुई अर्ब ३७ करोड  ४४ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै नर्वेसँगको आर्थिक वर्ष २०७३/७४ मा २४ करोड ५२ लाख रुपैयाँको व्यापार हुँदा चार करोड ७८ लाख रुपैयाँ नाफामा देखियो। अर्को वर्ष ४३ करोड ११ लाखको व्यापार हुँदा भने व्यापार घाटामा गयो। दुई करोड २३ लाख चालु आर्थिक वर्षमा पनि घाटाले निरन्तरता पाएको छ। १० महिनाको अवधिमा १४ करोड ८९ लाख रुपैयाँको आयात व्यापार हुँदा १४ करोड १८ लाख रुपैयाँको मात्रै निर्यात भएको छ। यस हिसाबले ७० लाख रुपैयाँ व्यापार घाटामा देखिन्छ।

दुई वर्षअघिको तुलनामा यी तीन राष्ट्रसँग नेपालको व्यापार उल्लेख्य बढेको छ। तर, आयात व्यापारको तुलनामा निर्यात व्यापार बढ्न सकेको छैन। नाफामा रहेको व्यापारमा उल्लेख्य घाटा देखिएको छ।

गत वर्ष विकसित देश युके र खाडीको देश कुवेतसँग नेपालको व्यापार नाफामा देखियो। युकेसँग २१ करोड १५ लाख रुपैयाँ र खाडीमा सबैभन्दा धनी देशका रूपमा चिनिएको कुवेतमा दुई करोड रुपैयाँ मात्रै नाफामा देखियो। चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नै यी दुई राष्ट्रसँग नै व्यापार घाटामा छन्।

कुवेतसँगको व्यापार दुई करोड नाफाबाट साढे चार करोड घाटामा गएको छ। युकेसँग जम्मा २१ करोड नाफामा रहेकोमा चालु आर्थिक वर्षमा एक अर्ब ५७ करोड ४४लाख रुपैयाँ घाटामा रहेको छ।

उल्लेखित तथ्यांकले नेपालले व्यापार गर्ने राष्ट्रहरू जहाँ व्यापार नाफामा जान्छ एकै वर्षमा निर्यात कम हुने र आयात उल्लेख्य बढ्नुका साथै व्यापार घाटामा जाने गरेको देखिएको छ। निर्यात सामाग्री वृद्धि निरन्तरता दिन नसकेको अवस्थामा र आयातमा बढवा दिएको देखिन्छ। अमेरिका, नर्वे तथा युकेमा नेपालका उस्तै सामग्री जान्छन् भने टर्कीमा कपडा तथा धागो र कुवेतमा खाद्य सामग्री जाने गरेको छ।

कसरी बढ्छ व्यापार घाटा?

व्यापारी र विज्ञहरू नेपालको व्यापार घाटामा गइरहनुको कारण प्रतिष्पर्धा गर्न नसक्नु र उत्पादन क्षमता नबढाउनुलाई देखाउँछन् । नेपाल कुवेत चेम्वर अफ कमर्शका उपाध्यक्ष प्रकाशदास श्रेष्ठ भन्छन् ‘कुवेतमा हामीले गर्ने व्यापार भनेको खाद्य व्यापार हो, यो व्यापार भारतीय बजारसँग प्रतिस्पर्धा गर्न सकेन र नेपालको निर्यात घट्यो। भारतबाट कुवेतमा सामान पुग्न थाल्यो।’ 

सिधा हवाइ उडान हुन नसक्दाको परिणामा पनि प्रतिस्पर्धी रूपमा कुवेतसँग नेपालले व्यापार गर्न सकेको छैन। ‘कुवेतमा तरकारीको माग बढी छ। हामीले सलुभ ढंगले पुर्‍याउन सक्दैनौँ, उनीहरू स्पिरिङ वाटर माग गर्छन्। हाम्रो मूल्यले भ्याउँदैन’ श्रेष्ठले थपे।

नेपालमा वस्तुलाई छुट दिएर पनि अमेरिकासँग पनि नेपाले व्यापार लाभ उठाउन सकेको छैन। अमेरिकामा बढी निर्यात हुने ग्रामेन्ट हो। नेपाल ग्रामेन्ट उद्योगसँगका अध्यक्ष चण्ढीप्रसाद अर्याल नेपाली उत्पादन महँगा भएकै कारण निर्यात गर्न सकिएको छैन।

‘हाम्रो निर्याता बढाउन नसक्नुको कारण नै महंँगो भएर हो, हामीले प्रतिस्पधा गर्न सकिरहेका छैनौँ’ अर्यालले भने। उनने अमेरिकी सरकारले दिएको छुटको लाभ उठाउनसमेत उत्पादन लागत घटाउनु पर्ने बताउँछन्। त्यस्तै, नेपाल सरकारका तर्फबाट दिने भनेका कतिपय छुट नपाएको कारण उत्पादन लागत बढी रहेको छ।

व्यापारविद् पुर्षोत्तम ओझा नेपालले निर्यात गर्न पर्ने सामग्रीको नै आयात बढ्दै गएको कारण व्यापार घाटामा गएको प्रतिक्रिया दिन्छन्। नेपाली वस्तुहरू मागअनुसार उत्पादन हुन नसक्नु र प्रतिस्पर्धा गर्ने नसक्ने भएको कारण व्यापार घाटा बढेको ओझाको प्रतिक्रिया रहेको छ।

‘अमेरिका, नर्वे, युकेलगायतका देशबाट हाम्रोमा मेसिनरी सामान आयत हुने गरेको थियो, त्यसको परिणाम त निरन्तर बढ्दै गएको छ नै’ ओझले भने ‘अहिले त अमेरिकाबाट नेपालमा स्याउसमेत आउने गरको छ, हामीले पठाउने पर्ने वस्तु नै आयात भएको कारण पनि व्यापार असन्तुलन बढेको छ।

स्वदेशी उपभोगका लागि आवश्‍यक पर्ने सामग्रीको समेत नेपालले उत्पादन बढाउन सकेको छैन। ओझा भन्छन् ‘निर्यात बढाउन नसकेको कारण मात्रै व्यापार असन्तुलन फराकिलो भएको हैन, आयात अनपेक्षित बढ्दाको परिणाम व्यापार असन्तुलन बढ्दै गएको छ।

१० महिनाको व्यापार

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा  ११ अर्ब ७८ अर्बको सामग्री विदेशबाट किनेको छ भने विदेशमा जम्मा ७८ अर्ब ५३ करोड रुपैयाँको सामान पठाएको छ। व्यापार वृद्धिदरको हिसाबले आयातको तुलनामा निर्यात दुई प्रतिशत मात्रै कमी रहेको छ। १९ प्रतिशत आयात व्यापार बढ्दा निर्यात व्यापार १७ प्रतिशत बढेको छ। तर, आयातको हिस्सा अत्याधिक र निर्यात न्यून हुँदा व्यापार घाटा १० अर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.