|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण सकी शुक्रबार स्वदेश फिर्ता भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भई उनी भारतको राजधानी नयाँ दिल्लीबाट अपराह्न ६ बजे स्वदेश फर्किएका हुन्।  

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, सांसद, सुरक्षा निकायका प्रमुख, विशिष्ट श्रेणीका कर्मचारीलगायतले स्वागत गरेका थिए। प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

भारत सरकारले शपथ ग्रहण समारोहमा आमन्त्रित गरेका छिमेकी मुलुकका अतिविशिष्ट आठ अतिथिमध्ये प्रधानमन्त्री ओली एक हुन्। यसअघि सन् २०१४ मा भएको लोकसभाको निर्वाचनबाट मोदी पहिलो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि आयोजित शपथ ग्रहण समारोहमा सार्क मुलुकका सरकार प्रमुखका हैसियतले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सरिक भएका थिए।

प्रधानमन्त्री ओली स्वदेश फिर्ता हुँदाका केही तस्बिरहरू :

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.