|

काठमाडौं : च्रकपथ अन्तर्गतको कोटेश्वर-कलंकी खण्ड चौडा भएर सहज भएसँगै सवारी साधनको गति बढेको छ। चौडा सडक भएपछि सवारी साधनको गती बढ्नु कुनै नौलो भएन। उद्देश्‍य पनि जाम घटाउनु र छिटो गन्तव्यमा पुग्नु नै हो। तर, गतीसँगै दुर्घटना बढोत्तरी भएको छ। जसले धनजनको क्षति बढेको छ। 

सडक दुर्घटनाका कारण यसको आधारभूत संरचना र सडक प्रयोगकर्ता पनि मुख्य कारण बन्ने गरेका छन्। सडक चौँडा भएर अन्तर्राष्ट्रिय स्तरको देखिने रिङरोडको अवस्था पनि यही हो। यहाँ हुने दुर्घटना र संरचना को कारण पनि देखिन्छ। दुर्घटनाको कारण सडक प्रयोग कर्ताको व्यवहार पनि देखिने गरेको पाइन्छ। 

कतै अव्यवस्थित सवारी पार्किङ भइरहेको देखिन्छ। सर्वसाधरण जथाभावी सडक आरपार गरिरहेका छन। सडक पार गर्न मिल्ने संरचना नभएको ठाउँहरूमा जोखिम मोलेर पार गर्नुको अरु उपाय छैन। तर संरचना भएको ठाँउको पनि उपयोग गर्दैनन् यात्रु। 

सडकको बीच भागको लेन डिभाइडर नाघेर सवारी चलाउदै गरेका सवारी साधनका दृश्य आम भएका छन्। हतार गरेर लेन काटेर सवारीसाधन चलाउनु भनेको दुर्घटनालाइ निम्तो दिनु हो। 

तस्बिरमा हेर्नुस् अस्तव्यस्त सडक र सवारी चालक र पैदल यात्रुको मनपरी:

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.