|

काठमाडौं :  आरोहीहरुले सगरमाथा क्षेत्रमा फालेको ११ हजार किलो फोहोर उठाउन २ करोड ६६ लाख रुपैयाँ खर्च भएको छ। सगरमाथा क्षेत्रबाट ११ हजार केजी नसड्ने फोहोर काठमाडौं ल्याइएको जानकारी पर्यटन विभागले दिएको छ।  विभागका अनुसार सगरमाथा क्षेत्रको क्याम्प २ र ३ बाट सबैभन्दा धेरै फोहोर निकालिएको छ।

चार हजार किलो मानव मलमुत्र र २१ सय ६८ किलो टिनजन्य फोहोर जम्मा भएको नेपाल पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पत्रकार सम्मेलन गरेर बताए। विभागका अनुसार सड्ने फोहोरलाई सगरमाथा क्षेत्रमै व्यवस्थापन गरिएको छ।

नगल्ने र पुन:प्रयोग गर्न मिल्ने अक्सिजन सिलिन्डर र टिनका बोत्तल जस्ता फोहोर काठमाडौं ल्याइएको हो।  ४५ दिन लगाएर गरिएको सगरमाथा सरसफाइ अभियानका क्रममा चारवटा शव फेला परेको विभागले जनाएको छ। ती शवलाई त्यहाँबाट निकालेर काठमाडौं ल्याइएको छ। 

धेरैलाई आरोहण अनुमति दिँदा सगरमाथामा फोहोरको थुप्रो! 
 

सगरमाथाको ११ हजार किलो फोहोर काठमाडौंमा     

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.