|

बोस्टन : गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाको आठौँ वार्षिक साधारण सभा तथा २०१९–२१ कार्यकालका लागि निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम जुलाई ६ र ७ तारिख शनिवार र आइतबार इलिनोय राज्यको सिकागो सहरमा हुँदैछ ।

एनआरएनएको मे १८ र १९ तारिख निर्वाचन मिति तोकिएको थियो भने मे २१ तारिख परिणाम घोषणा तथा जुलाई ६ तारिख निर्वाचित समितिलाई पद हस्तान्तरण र प्रमाण(पत्र वितरणको कार्य तालिका सार्वजनिक गरिएको थियो। एनआरएन अमेरिकाको अध्यक्ष पदमा सुनिलकुमार शाह विजयी भएका थिए। वरिष्ठ उपाध्याक्षमा डा। अर्जुन बन्जाडे, मध्य(पश्चिम उपध्याक्षमा बुद्धिसागर सुवेदी, उत्तर–पूर्वी उपाध्यक्षमा बाबुराम लामा, दक्षिण क्षेत्रीय उपाध्याक्षमा कृष्ण पन्थ, पश्चिममा सर्वज्ञ वाग्ले, महासचिवमा पशुपति पाण्डे, कोषाध्यक्षमा नेत्रबन्धु पोखरेल र सह–कोषाध्याक्षमा सन्तोषकुमार बिष्ट विजयी भएका थिए । 

सभामा सहभागी हुन आह्वान गर्दै वर्तमान अध्यक्ष डा। केशव पौडेलले भनेका छन्, 'गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका संस्थागत हुने दिशामा अगाडि बढेको छ। मेरो २ कार्यकालसहित संस्थाले ४ वटा नेतृत्व जन्माइसकेको छ । स्थापनादेखि अहिलेसम्म संस्था दिनदिनै फराकिलो र बलियो बन्दै गएको छ। २ कार्यकाल गरी ४ वर्ष नेतृत्वमा रहँदा संस्थाको संस्थागत विकासमा ध्यान केन्द्रित गरेर काम गरेको छु ।'  यसै सभामा पौडेल नेतृत्वको समितिले साह नेतृत्वलाई संस्था सम्हाल्ने काम सुम्पने छ ।

'नेपालीका लागि नेपाली'  भन्ने नाराका साथ सन् २००३ अक्टोबर ११ मा एनआरएनको स्थापना भएको हो । यसका विभिन्न ७८ देशमा शाखा छन् । अमेरिकाका सबैजसो राज्यमा एनआरएन अमेरिकाका च्याप्टर छन् । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.