|

बोस्टन : मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आयोजित नेपाली नेसनल कन्भेन्सन २०१९ आइतबार सकिएको छ। 

सम्मेलन विभिन्न तीन एजेन्डा अनुमोदन गरेको छ। दोस्रो नेपाली राष्ट्रिय सम्मेलनका रूपमा चिनिएको यो भेला मुख्य विभिन्न ४ नेपाली संस्थाको प्रयासमा गरिएको थियो। पहिलो सम्मेलन गत वर्ष सिकायो, इलिनोयमा भएको थियो। 

स्थानीय आयोजक बाना (बाल्टिमोर एशोसिएसन अफ नेपलिज इन अमेरिका) स्थानीय आयोजक तथा द एशोसिएसन अफ नेपालीज इन अमेरिकाज (एएनए) मुख्य आयोजक रहेको ३ दिने कन्भेन्सनको उद्घाटन नेपालको प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईले जुलाई ६ मा गरेका थिए। सम्मेलनमा नेकपाका ठाकुर गैरे, र नेपाली कांग्रेसका दिपक गिरी अतिथि थिए। राष्ट्रिय योजना आयोगका पूर्व–उपाध्यक्ष डा स्वर्णिम वाग्ले पनि उपस्थित थिए। सम्मेलनमा मनोरञ्जनात्मक कार्यक्रम, प्रस्तुति, राफल, छलफल भएका थिए।

एएनए, संयुक्त राज्य अमेरिका र क्यानडा (उत्तर अमेरिका) बस्ने नेपालीहरूको साझा संस्थाका रूपमा सन् १९८३ जुलाईमा स्थापना भएको हो। यसका संस्थापक हरि शर्मा मुडभरि हुन्। यस संस्थाले अमेरिकी स्वतन्त्रता दिवस (जुलाई ४) मा आफ्नो सम्मेलन गर्दै आएको छ। अमेरिकामा एनआरएन (अमेरिका) पछि एएनएलाई दोस्रो प्रभावकारी संस्था मानिन्छ। त्यस्तै सम्मेलनको स्थानीय आयोजक बानाको स्थापना सन् २००५ मा भएको हो।

सम्मेलनलाई सफल पार्न हातेमालो गर्ने अर्को संस्था हो, एसोसिएसन अफ नेप्लिज इन मिड–वेस्ट अमेरिका (आन्मा), जसको स्थापना सन् १९८२ मा स्थापना भएको हो। आन्मा, संयुक्त राज्य अमेरिकाको मध्य–पश्चिममा बस्ने नेपालीहरूको संगठन हो। सम्मेलनका अरू सहयोगीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पनि थियो।

सन् २०१० को अमेरिकी जनगणनाअनुसार अमेरिकामा ५९ हजार ४ सय ९० नेपाली छन्। नेपालीसम्बन्धी संस्थाहरू अमेरिकामा ३ लाख नेपाली भएको बताउँछन् भने अनौपचारिक तथ्याङ्क भने अमेरिकामा ४–५ लाख नेपाली रहेको बताउँछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.