|

बोस्टन :आफ्नै परिवारका सदस्यमाथि ताप्के (खाना पकाउने प्यान) ले टाउकोमा आक्रमण गरेको आरोपमा पक्राउ परेका २६ वर्षीय निर्मल श्रेष्ठ बुधबार अमेरिकाको भर्मन्ट राज्यको अदालतमा जुलाई २३ अर्थात साउन ६ मा उपस्थित हुँदैछन्। 

भर्मन्टको बर्लिङ्गटन प्रहरीका अनुसार जुलाई ४ का दिन करिब एक बजे दिउँसो स्थानीय रिभरसाइट एभिन्यूमा उक्त घटना भएको बताइएको छ। प्रहरीका अनुसार प्रहरी टोली घटनास्थलमा पुग्दा धेरै रगत बगेको देखेको थियो। निर्मलले वादविवादपछि आफ्ना पुरूष नातेदारलाई आक्रमण गर्न खोजेको प्रहरीको रिपोर्टमा उल्लेख छ।

यो आक्रमण असफल भएपछि परिवारको महिला सदस्यमाथि खनिएका थिए। प्रहरी तथा चिकित्सकको टोलीले परिवारको महिला सदस्यलाई युएमभी अस्पताल लगेको थियो। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। 

प्रहरीले उनलाई तत्काल पक्राउ गरेको थियो। घरेलु हिंसाको आरोपमा प्रकाउ परेका श्रेष्ठलाई १५ वर्ष र २५ हजार डलर सजाय हुनसक्ने कानुनी प्रावधान छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.