|

म्याग्दी : बेनी–जोमसोम–कोरला सडकखण्ड शुक्रबार रातिदेखि पुनः अवरुद्ध भएको छ। अन्नपूर्ण गाउँपालिका–३ दानाको गुइँठेभीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

यसअघि कालीगण्डकी नदीको कटानका कारण बाँदुरजुँगै भीरमा सडक भासिएपछि पाँच दिनसम्म सडक अवरुद्ध भएको थियो। मर्मतपछि सञ्चालनमा आएको चार दिनपछि पुनः अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका दानाबाट पर्यटन व्यावसायी इन्द्रसिंह शेरचनले जानकारी दिए। 

सडक स्तरोन्नति भैरहेको स्थानमा हिलो जमेर आवतजावत गर्न समस्या भएको छ भने पुराना पहिरो आसपासमा ढुङ्गा खस्ने समस्याले साना तथा ठूला सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई सास्ती हुने गरेको छ। अस्तव्यस्त सडकका कारण उत्तरी म्याग्दी र मुस्ताङका स्थानीयवासी, तीर्थयात्री र पर्यटकहरु अप्ठ्यारा पहाडमा डोरीको सहाराले यात्रा गर्न बाध्य भएका छन्।

ग्ण्डकी प्रदेशको लाइफलाइन मानिने बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नतिमा डोजर, स्काभेटर, बेकरको प्रयोगले धेरै ठाउँका पहाठ चर्किएको छ। यस्तो स्थानमा कुनै पनि बेला पहिरो खसेर सडक बन्द हुनसक्ने अवस्था रहेकाले राति यात्रा नगर्न म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.