मुगु : जिल्लामा छुटै पहिचाहान बनाएको छ मुगमकार्मारोङ गाउँपालिकाले। यो गाउँपालिका मुगुको पूर्वी क्षेत्रमा पर्छ। यस क्षेत्रमा बौद्धधर्मावलम्बी, लामा-तामाङ समुदायको बाहुल्यता छ।
९ वटा वडा रहेको त्यसक्षेत्रको १ नम्बर वडामा केही क्षेत्री समुदायको पनि बसोबास छ। तर बाहुल्यता भने लामा समुदायको छ। मुगमकार्मारोङ गाउँपालिका बसोबास गर्दै आएका तामाङ समुदायले मृतकको सम्झनामा गुम्बा बनाउने चलन पुरानो हो। घरका कुनै सदस्यको मृत्यु भए सम्झनामा ५ फिट अग्लो ढुंगाको गुम्बा बनाएर मृतकको आत्माको चीर शान्तिको कामना गरिन्छ।
लामा समुदायको भाषामा मृतकको सम्झनामा निर्माण गरिएका गुम्बालाई चिटिम भन्छन् स्थानीय बासिन्दा। मानिसको मृत्युपछि अस्तुसमेत राखेर ५ तलाको गुम्बा निर्माण बनाइन्छ। गुम्बाको तल्लो भाग ठूलो र माथिल्लो भाग सानो हुने गर्छ।
परिवारका कुनै सदस्य बाहिर जाँदा चिटिमको दायाँ र फर्केर आउँदा बाँया घुमेर घर पस्ने चलन रहेको वडा नं ८ का पासाङ लामाले बताए। स्थानीयले एकै प्रकारको गुम्बा एउटै विधिबाट बनाउने गरेका छन।
गुम्बा बनाउँदाभित्र प्वाल राख्ने र त्यसमा पूर्वतिर फर्केको धुपीको हाँगो राख्ने गरिन्छ। रातो माटो पिसेर विभिन्न धातु मिसाइ गारो लगाउने गरिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।