काठमाडौं : नेपाल, बंगलादेश, भुटान र थाइल्याण्ड दक्षिण एसियाका हेपाटाइटिस बी उल्मूलन गर्ने पहिलो देश बनेका छन्।
विश्व स्वास्थ्य संगठनले यी दक्षिण–पूर्वी एसियाका देशलाई हेपाटाइटिस बी नियन्त्रण भएको घोषणा गरेको हो। यी देशहरुमा पाँच वर्ष मुनिका बालबालिकाहरुमा उक्त प्राणघातक रोगको संक्रमण एक प्रतिसतभन्दा कम रहेको डब्ल्यु एचओले शुक्रबार घोषणा गरेको विश्व स्वास्थ्य संगठनकी दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक डा पुनम खेत्रपालले बताइन्।
निर्देशक डा खेत्रपालले भनिन् ‘जुनसुकै समयमा हरेक स्थानमा प्रत्येक बालबालिकाकासम्म हेपाटाइटिस बी भ्याक्सीन पुयाउने दृढ संकल्पले नै यो स्तरको उपलब्धि सम्भब भएको हो, यो सफलता यी देशका बालबालिका र समग्र नागरिकको स्वास्थ्यका विषयमा स्वास्थ्यकर्मी र समुदायको प्रतिबद्धता र अथक प्रयासको प्रमाण हो।‘
नेपाल, बंगलादेश, भुटान, र थाइल्याण्डको ‘बच्चाको प्रतिरक्षा तथ्यांक‘को समिक्षापछि हेपाटाइटिस बी नियन्त्रण प्रमाणीकरण गर्ने दक्षिण–पूर्वी एसिया क्षेत्रको विशेषज्ञ टोलीले यी देशको प्रमाणीकरण गर्न सिफारिस गरेको थियो।
विगत लामो समयदेखि यी देशका ९० प्रतिशत शिशुमा हेपाटाइटिस बी भ्याक्सीन पुगेको पाइएको छ। यी देशहरुमा पाँच वर्षका बालबालिकामा गरिएको अध्ययनले हेपाटाइटिस बीको प्रसार हुने दर एक प्रतिसत भन्दा कम रहेको देखाएको छ।
विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रका ११ देशहरुमा ‘राष्ट्रिय खोप कार्यक्रम’ मार्फत बालबालिकालाई जन्मेको पहिलो वर्षमा ३ डोज हेपाटाइटिस बी भ्याक्सीन दिइएको थियो। जुन ८ राष्ट्रहरुले पनि आमाबाट शिशुमा सर्ने रोग नियन्त्रणका लागि जन्मेको समयमा (बर्थ डोज) हेपाटाइटिस बी खोप दिएका छन्।
बाल्यकालमा हेपाटाइटिस बीको संक्रमण नियन्त्रणले वयस्क अवस्थामा क्रोनिक इन्फेक्सन, कलेजोको क्यान्सर र सिरोसिसबाट समेत रक्षा गर्छ । दक्षिण–पूर्वी एसिया क्षेत्र खोप कार्य योजना अन्तर्गत सन् २०२० सम्ममा यी राष्ट्रमा इम्युनाइजेसनको माध्यमबाट हेपाटाइटिस बी नियन्त्रण गर्ने लक्ष्यले गति लिएको छ।
हेपाटाइटिसका कारण दक्षिण–पूर्वी एसिया क्षेत्रमा प्रत्येक वर्ष ४ लाख १० हजार मानिसहरुको ज्यान जाने गरेको छ, जममा धेरै युवावस्थाका रहेका छन्। झण्डै ९० मिलियन मानिसहरु क्रोनिक लिभर रोगहरुबाट संक्रमित छन्, जुन यो क्षेत्रमा लिभर क्यान्सर र सिरोसिसको प्रमुख कारक बनेको।
तपाईंको ईमेल गोप्य राखिनेछ ।