उदयपुर : बजार क्षेत्रमा अव्यवस्थित शहरीकरणले खेतीयोग्य जमिन घटाइरहेको छ। उदयपुरमा त्यसको झनै ठूलो परिमाणमा बाढी पहिरोले खेतीयोग्य जमिन खुम्चाउँदै लगेको हो।
चुरे क्षेत्रमा हुने वन विनासका कारण भूमिगत जलाधारमा असर पर्न गई भूक्षयको वर्षातमा जाने बाढी पहिराले खेती योग्य जमिन बगरमा परिणत गर्दै छ। त्रियुगा, तावा, बैजनाथ, नदी आसपासका क्षेत्रमा वर्षेनी सयौं विगाहा खेत बजरमा परिणत हुँदै गएको छ।
चुरेबाट बग्ने झण्डै डेढदर्जन खोलाखहरेले मार्ग परिवर्तन गर्दा खेतीयोग्य जमिन सेती बगर बनेको उदयपुरगढी गाँउपालिका स्थानीय बुद्धीजीव बोधकुमार घिमिरे बताउँछन्। ‘चुरे क्षेत्रमै पर्ने उदयपुरगढी गाउँपालिका ६ धप्परको पहिराले बैजनाथ खोला थुनिँदा झण्डै चारसय विगाहा खेती कामै नलाग्नेगरी पुरिएको छ,’ उनले भने, ‘खोला थुनिएपछि माथिल्लो क्षेत्रमा बालुवाले खेत परिएको छ, भने बैजनाथ खोलाको तल्लो तटिय क्षेत्रमा कटान भएको छ।’
खोलाखहरेको मार्ग परिवर्तनसँगै तल्लोतटीय क्षेत्रका मानव वस्ती समेत खतारामा पर्दै गएका छन्। परिपक्क भइनसकेको भूवनोट रहेको चुरे पहाडबाट ढुंगा, गिटी र बालुवाको दोहन हुँदा यस क्षेत्रमा वातावरणीय असरले समसया निम्तिएको छ। जसका कारण मधेस, महाभारत क्षेत्र र तराईमा समेत प्रतिकूल असर परी कृषि उत्पादनमा संकट देखापर्न थालेको सर्वसाधरणको भनाइ छ।
माथिबाट बगेर आएका खोला खहरेबाट अनियन्त्रित गिटी बालुवाको दोहनले तल्लो क्षेत्रमा गेगर थुप्रेर खोला र नदीको सतह बढ्न गई बाढीको प्रकोप बढ्दै गएको त्रियुगा नगरपालिका–११ का उद्धव काफ्ले बताउँछन्। नदीको केही स्थानमा सतह घटन गई सिँचाइलगायत खानेपानीमा समेत कठिनाई हुँदै गएको उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।