१२ प्रतिशत व्यापार घट्दा राजस्वमा १ प्रतिशत कमी

|

काठमाडौं : वर्ष २०७६ देखि आयात व्यापार घट्दै आएको छ। जेठ महिनाको तुलनमा असार महिनामा तीन अर्ब रुपैयाँले आयात व्यापार घटेकोमा असार महिनाको तुलनाम साउन महिनामा पुन: २२ अर्ब रुपैयाँले व्यापार घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले रणनीति नै बनाएर आयात घटाउने अभियानमा रहेको बताएका छन्। शोधानान्तर घाटा निरन्तर बढेपछि सरकारले केही वस्तुको आयातमा कडाइ गरेको छ भने कतिपय वस्तुमा भन्सारदर वृद्धिको प्रभाव देखिएको छ।

असार महिनामा नेपालमा एक खर्ब २८ अर्ब रुपैयाँको वस्तु आयात भएकोमा साउन महिनामा एक खर्ब ६ अर्ब रुपैयाँको वस्तु आयात भएको छ। यस हिसाबले यो अवधीमा २२ अर्ब रुपैयाँ कमी देखिन्छ। तर, व्यापारी साउन महिनामा असारको तुलानमा कम सामान आयात हुने बताउँछन्। यद्यपि, गत आर्थिक वर्ष २०७५/७६ को तुलनामा पनि आयात घटेको देखिएको छ।

गत आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब २० अर्ब ६१ करोड एक लाख ५३ हजार रुपैयाँको सामान आयात भएकोमा चालु आर्थिक वर्षको पहिलो महिनामा करिब १४ अर्ब रुपैयाँ अर्थात् १३ अर्ब ८८ करोड ४८ लाख ३४ हजार रुपैयाँले कमी देखिएको छ। साउन महिनामा एक खर्ब ६ अर्ब ७२ करोड ५३ लाख १८ हजार रुपैयाँको वस्तु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

चालु आर्थिक वर्षको पहिलो महिना सबैभन्दा बढी १० प्रतिशत भन्सारदर लाग्नने वस्तुको आयात २३ अर्ब ४० करोड रुपैयाँ देखिएको छ। गत वर्षको सोही अवधिमा १० प्रतिशत भन्सार दर लाग्ने सामग्रीको आयात भने ३३ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो।

यो वर्ष एक प्रतिशत भन्सारदर लाग्ने सामग्रीको आयात ९७करोढ रुपैयाँको छ भने गत वर्ष शून्य भन्सादरपछि पाँच प्रतिशत भन्सारदरको शल्याब रहेको थियो। शून्य भन्सारदर राखिएका सामग्रीको आयात गत वर्षको सोही अवधिको तुलनामा करिब तीन अर्ब रुपैयाँले घटेको देखिएको छ। शून्य भन्सारदरका सामग्री गत वर्षको सोही अवधिमा ६ अर्ब ४८ करोड रुपैयाँको भएकोमा यो वर्षको पहिलो महिना नौ अर्ब ४२ करोड रुपैयाँको रहेको छ।

८० प्रतिशत भन्सार लाग्ने सामग्री गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब नौ करोड रुपैयाँको रहेकोमा चालु वर्षमा भने ७९ करोड रुपैयाँको रहेको देखिएको छ। 

आयात निरन्तर बढ्दै जाँदा यसलाई घटनाउनु मुख्य चुनौति अर्थमन्त्रालयले मानेको प्रवक्ता उत्तमकुमार खत्रीले बताए। अहिले आयात केही मात्रमा घटेको र यसलाई निरन्तरता दिने मन्त्रालयको योजना रहेको उनको भनाइ छ। ‘आयात निरन्तर बढ्दैगएको अवस्थामा आयात घटाउनु नै हाम्रो चुनौति थियो, अहिले केही घटेको छ। यसलाई निरनतरता दिनु पर्छ’ अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले भने।

१२ प्रतिशत व्यापार घट्दा राजस्व १ प्रतिशत कमी

गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिना उल्लेख्य रूपमा आयात व्यापार घटेको छ। तर, भन्सार राजस्व भने सामान्य मात्रै घटेको देखिएको छ। गत आर्थिक वर्षको पहिलो महिनाको तुलानमा १२ प्रतिशत कम वस्तु आयात भएकोमा भन्सार राजस्व एक प्रतिशत कम देखिन्छ।

गत आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब २० अर्ब रुपैयाँको सामान आयात हुँदा १० अर्ब २६ करोड रुपैयाँको भन्सार राजस्व उठेको थियो। चालु आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ६ अर्ब रुपैयाँको आयात हुँदा १० खर्ब १९ अर्ब रुपैयाँको भन्सार राजस्व उठेको छ।

चालु आर्थिक वर्षको पहिलो महिना आयात गरिएको वस्तु तथा सामानको जम्मा मूल्यको तुलनामा ९.५५ प्रतिशत राजस्व उठेको छ भने गत वर्ष ८.५१ प्रतिशत उठेको थियो। त्यसहिवाले करिब एक प्रतिशत भन्सार बढको प्रभाव देखिन्छ।

देशभित्र उत्पादन नबढी आयात मात्रै घटनुले समग्र अर्थतन्त्रमा सकारातमक प्रभाव नदेखिने व्यापारीको भनाइ छ। साउनमा व्यापार कम हुन नयाँ भन्सार दर र अन्योलता रहेको नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालकव भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.