युएस ओपन टेनिसमा स्विस स्टार रोजर फेडेरर क्वाटरफाइनलबाट बाहिरिंदा अमेरिकी लिजेन्ड सेरेना विलियम्स भने सेमिफाइनल पुग्न सफल भएकी छिन्। बुधबार बिहान भएको क्वाटरफाइनलमा बुल्गेरियाका ग्रिगोर दिमित्रोभसँग पराजित हुँदै पाँच पटकको च्याम्पियन फेडेरर क्वाटरफाइनलबाटै विदा भए।
तेस्रो बरियताका फेडेरर ७८ औं वरियताका दिमित्रोभसँग संघर्षपुर्ण खेलमा पराजित भए। दिमित्रोभले ३–६, ६–४, ३–६, ६–४ र ६–२ को सेटमा फेडेररलाई स्तब्ध बनाए। योसँगै दिमित्रोभले पहिलो पटक फेडेररलाई पराजित गर्न समेत सफल रहे। अब दिमित्रोभले फाइनल प्रवेशका लागि रुसका डानील मेडभेदेबसँग प्रतिष्पर्धा गर्ने छन्।
त्यस्तै महिला तर्पmको खेलमा सेरेनाले चिनकी वाङ् छयाङ्लाई सोझो सेटमा पराजित गर्दे फाइनल यात्रा तय गरिन्। सहज रुपमा जित निकाल्ने क्रममा सेरेना केवल ४४ मिनेटमात्रै कोर्टमा रहनु परेको थियो। उनले १८ औ वरियताकी छ्याङलाई ६–१ र ६–० को सेटमा पाखा लगाईन्। आठौं वरियताकी सेरिना कीर्तिमानी २४ औ ग्रान्डस्लाम जित्ने अभियानमा रहेकी छिन्।
उनले युक्रेनकी पाँचौ वरियताकी इलिना स्भिटोलिनासंग अब फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्ने छिन्। ६ पटक युएस ओपन जितेकी सेरिनाले सन् २०१७ पछि कुनै ग्रान्डस्लाम जित्न सकेकी छैनन्। पछिल्लो पटक दुई ग्रान्डस्लामको फाईनल पुगेर उपाधि विहिन भएका काण यो पटक विगत दुई वर्षयताको उपाधि खडेरी टार्ने ध्याउनमा रहेकी छिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।