|

बोस्टन : अमेरिकाको मिजुरीमा गत साता सवारी दुर्घटना परेर मृत्यु भएका तीन नेपालीको दाहसंस्कार आइतबार गरिएको छ।

मृत्यु भएका गोविन्दप्रसाद खनाल, शान्तादेवी खनाल, र श्रद्धा खनाल ओझाको दाहसंस्कार मिजुरीको स्प्रिङ्फिल्डस्थित गोर्मेन (शार्फ फ्युनरल होममा गरिएको हो। गोविन्द र शान्ता बैष्नव, तथा श्रद्धाको हिन्दू संस्कारअनुसार दाहसंस्कार गरिएको थियो, जसका लागि न्युयोर्क र कन्सासबाट पूरोहित झिकाइएको थियो। 

बुबा गोविन्द, आमा शान्ता र छोरी श्रद्धाको गत मंगलबार मिजुरी राज्यको मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व गइरहेका बेला गाडी दुर्घटनामा मृत्यु भएको थियो। दुर्घटनामा श्रद्धाका पति प्रभाश र ४ वर्षीय छोरा सौर्य घाइते भएका छन्। गोविन्द, र शान्ता अमेरिका घुम्न नेपालबाट आएका थिए। उनीहरू टेक्ससको एलेनमा आफन्त भेटेर मिजुरीको ब्ल्यु स्प्रिङ्स (घर) फिर्दै थिए। दुवै घाइतेको अस्पतालमा उपचार भइरहेको छ।

ओझा – खनाल परिवार सहयोगका लागि गो–फन्डमा खाता खोलिएको छ, जसमा आइतबार साँझसम्म एक लाख लक्ष्यमध्ये ७५ हजार डलर उठिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.