|

काठमाडौं : यो वर्षको इन्द्रजात्रा विधिवत रूपमा सुरु भएको छ। 

हनुमानढोका दरबार परिसरमा  मंगलबार इन्द्रध्वजासहितको लिंगो ठड्याइएसँगै यो वर्षको इन्द्र जात्रा विधिवत रुपमा सुरु भएको हो। करिब ३२ हातको लिंगोमा इन्द्रध्वजा राखेर सांस्कृतिक बाजागाजा, बैन्डबाजा र पञ्चेबाजा बजाएर आज बिहान ९:१७ बजेको शुभ साइतमा लिंगो ठड्याइएको थियो।

नेपालभाषामा 'योसीं' भनिने उक्त लिंगोमा विभिन्न प्रकारका मंगलसूचक चिह्नहरू अंकित पताकाहरू झुन्ड्याइएको हुन्छ। लिंगोको फेदमा हात्ती चढेको इन्द्रको सानो प्रतिमा राखी पूजाअर्चना गरिन्छ। 

राजा सिंहप्रताप शाहले इन्द्रजात्राको अवसरमा लिंगो ठड्याउने परम्परा चलाएका थिए। हरेक वर्ष राजधानीदेखि पूर्वमा पर्ने नाला भन्ज्याङको सल्लेरी वनबाट  ल्याइएको उक्त लिंगोलाई बाजागाजासाथ तानेर त्यहाँ पुर्‍याइने प्रचलन छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.