|

काठमाडौं : मिस फारवेष्ट नेपाल २०१९ को दोस्रो संस्करणको लागि आवेदन फारम सुरु भएको छ। रोयल कोलावोरेटिभ्स प्रालिको आयोजनामा सञ्चालित मिस फारवेष्ट नेपालको दोस्रो संस्करणको लागि आवेदन फारम भर्न सुरु भएको हो।

 मिस फारवेष्ट नेपाल सुदूरपश्चिमको सबैभन्दा ठूलो र प्रतिष्ठित सौन्दर्य एवं कला प्रतियोगिता भएको आयोजकको दाबी छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मार्फत दोस्रो संस्करणबारे जानकारी गराइएको हो।

नेपाल पर्यटन बोर्ड प्रवर्द्धक रहेको कार्यक्रमले सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गरेर पर्यटकीय गतिविधि बढाई नेपाल भ्रमण वर्ष २०२० लाई पनि सघाउने उद्देश्य रहेको आयोजक रोयल कोलावोरेटिभ्सका अध्यक्ष गजेन्द्र विक्रम शाहीले जानकारी दिए।

गत वर्षबाट सुरु भएको मिस फारवेष्ट नेपालको दोस्रो संस्करणका लागि महेन्द्रनगर, टीकापुर र धनगढीमा क्रमश:असोज ३,४ र ५ गते अडिशन हुनेछ।

अडिशनबाट छनोट भएका प्रतियोगीलाई असोज ७ गतेबाट एक महिने व्यक्तित्व विकाससम्बन्धी तालिम दिइनेछ। उक्त तालिम कोरियोग्राफर जेनिशा तामाङले प्रदान गर्नेछिन्। अन्तिम तालिममा सहभागी गराउन अडिसनमार्फत २७ जनालाई छनोट गरिनेछ।

 यसको फाइनल कात्तिक ७ गते हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.