धनगढी : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १०८ फिट अग्लो उत्तर रामेश्वरम ज्योतिर्लिंगको अवलोकन निरीक्षण गरेका छन्। धनगढी उपमहानगरपालिका –४ उत्तरबेहेडिमा रहेको ज्योतिर्लिंगको अवलोकन गर्दै मन्त्री भट्टराईले ज्योतिर्लिंगका माध्यमबाट सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवर्द्धन गर्न सकिने बताएका थिए।
कैलालीको टीकापुरमा शनिबारदेखि सुरु भएको डल्फिन महोत्सव उद्घाटन गर्न पुगेका मन्त्रीले ज्योतिर्लिंगको पनि अवलोकन गरेका हुन्।
मन्त्री भएपछि पहिलोपटक धनगढी पुगेका भट्टराईले सुदूरपश्चिम प्रदेशको विकासको प्रमुख माध्यम पर्यटन नै भएको बताएका हुन्। १०८ फिट अग्लो उज्योतिर्लिंगको अवलोकनमा मन्त्री भट्टराईसँगै सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट, उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश रावलको समेत उपस्थित रहेको थियो।
ब्रह्मनिष्ठ सन्त शिरोमणि श्री लोकानन्द स्वामीको विश्वकै अग्लो ज्योतिर्लिंगको स्थापना गरेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।