काठमाडौं : गोरखाबाट ल्याइएको फूलपाती शनिबार हर्षोउल्लासका साथ विधिपूर्वक काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा भित्र्याइएको छ। त्यस अवसरमा मन्दिरका पूजारीले फूलपाती पूजा आरधना गरी भित्रयाउनु भएको थियो भने नेपाली सेनाको टुकडीले तोप पड्काएर हर्षबढाई गरेका थिए।
परापूर्वकाल देखिनै काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने गरिन्छ। पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामाथि विजय हासिल गरेर हनुमानढोका दरबारबाट राजकाज सुरु गरेसँगै गोरखा दरबारबाट फुलपाती ल्याउने प्रचलन सुरु भएको हो।
गोरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारका दशैंघरका पूजारीसहित मगरजातिका छजनाले ल्याउने र जीवनपुरबाट हनुमानढोकासम्म ब्राह्मण जातिका छजनाले सो फूलपाती ल्याउने प्रचलन छ। सो अवसरमा नेपाली सेनाको एक टुकडीले टुडिखेलमा तोप पड्काएर हर्षबढाइ गर्ने चलन रहिआएको छ। सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलागयतले अवलोकन गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।