|

बोस्टन : रिसको झोकमा ब्याटले हिर्काउने टेनेसी राज्यका देव सुब्बा ३० हजार डलर धरौटीमा रिहा भएका छन्। अमेरिकाको टेनेसीको न्याशभिलको एन्टिओकमा सुब्बाले फुटबल खेल्दा विपक्षी समूहका खेलाडीलाई हिर्काएको स्थानीय समाचार संस्था डब्ल्युकेआरएनले जनाएको छ।

सुब्बाले गत अगस्त २१ साँझ स्थानीय ब्ल्यु होल रोडस्थित मेट्रो पार्कमा विपक्षी समूहका खेलाडीलाई उनका छोरासामुन्ने हिर्काएका थिए भने २३ वर्षीय सुब्बामाथि अनुसन्धान जारी थियो। सुब्बालाई अक्टोबर २ मा पक्राउ गरियो र उनी अक्टोबर ३ मा धरौटीमा रिहा भएका हुन्।

प्रहरीका अनुसार सुब्बाको विपक्षी समूह जित्ने गरी राम्रो खेलिरहेको थियो। सुब्बा उत्तेजित भएर खेल्न थाले। विपक्षी समूहका खेलाडीले सुब्बालाई यो मैत्रीपूर्ण खेल भएकाले शान्त हुन आग्रह गरेका थिए। तर, सुब्बाले टेरेनन्, आफ्नो कार भएका ठाउँमा गए, र बेसबल खेल्ने आल्मोनियमको ब्याट ल्याएर विपक्षी समूहका खेलाडीलाई हिर्काए । उनको काँधको हाडले ठाउँ छाडेको र करंगमा घाउ भएको थियो।

घातक हतियारमा उग्र भई आक्रमण गरेको अभियोगमा पक्राउ परेका सुब्बालाई पछि ३० हजार डलरमा रिहा गर्ने फैसला गरिएको थियो। सुब्बा सन् २०१८ मा पनि अर्को अभियोगमा प्रहरीसम्म पुगेका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.