|

अमेरिका (बोस्टन):  अमेरिकाको कन्सास राज्यको कन्सास सिटीमा रहेका नेपालीले खोलेको संस्था कन्सास सिटी नेपालिज सोसाइटीमा नयाँ नेतृत्व आएको छ। पछिल्लो छनौटअनुसार कन्सास सिटी नेपालिज सोसाइटीको अध्यक्षमा दिनेश गुरूङ्ग, उपाध्यक्ष राजेन राई रहेका छन्। 

त्यस्तै  महासचिव राजेश कार्की, सचिव हरि रेग्मी, कोषाध्यक्ष बिनिता अधिकारी, सदस्यहरूमा सुरज भासिस्मा, पुरूषोत्तम श्रेष्ठ, तिर्थ पनेरू, कुमार गौरव, रोशन घोसाई, र सुमन पौड्याल छन्। 

यसअघि डा. राजन पन्त (गोर्खाली) को नेतृत्वको समिति थियो। समितिको उपाध्यक्षमा जिना बस्नेत, सचिवमा अमृत पौडेल रहेका थिए। उक्त सोसाइटीको स्थापना सन् २०११ मा भए पनि औपचारिकता संस्थाले सन् २०१५ मा पाएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.