|

सिन्धुपाल्चोक : इन्द्रावती गाउँपालिकामा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई गाउँपालिकाले जनही २५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ।

दशैं मनाएर इन्द्रावती–१० स्थित बडहरेबाट काठमाडौं फर्किँदै गर्दा हेलम्बु यातायातको बस दुर्घटनामा परेको थियो। दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो। बा २ ख २७१५ नम्बरको सो बस सडकबाट २०० मिटर तल खसेको र बस चालकको समेत मृत्यु भएको थियो।

केही घाइतेको अवस्था गम्भीर रहेको र मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ। बसमा ८० जनाभन्दा धेरै यात्री चढेका थिए। ओभरलोडकै कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। बस दुर्घटनाको उद्धारका लागि खट्ने स्थानीयवासी, प्रहरीलगायत सबैमा गाउँपालिकाले धन्यवाद दिएको छ। इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले घाइतेको उपचारका लागि आफ्नोतर्फबाट सकेसम्मको सहयोग गर्ने र कुनै कमी हुन नदिने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.