|

काठमाडौं : नेपालले जोर्डनसँग २०१४ को विश्वकप छनोटका लागि २०११ मा प्रतिस्पर्धा गरेको थियो। त्यसपछि नेपाल अर्को प्रतिष्पर्धाका लागि आज (मंगलबार) जोर्डनको घरेलु मैदान अम्मान रंगशालामा प्रतिष्पर्धा गर्दै छ। 

जोर्डनसँग आठवर्ष अघिको विश्वकप छनोटमा असन्तुलित प्रदर्शन गरेको नेपाल यो पटक भने संयमिमित हुने पक्का छ। विश्वकप छनोट अन्तर्गत सन् २०११ जुलाईमा भएको पहिलो खेलमा नेपालले सोही रंगशालामा जोर्डनसँग ९–० को हार ब्यहोरेको थियो। त्यसपछि नेपालको घरेलु मैदान दशरथ रंगशालामा भएको अर्को खेलमा भने नेपालले अप्रत्यासीत रुपमा पुन जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो। नेपालका लागि एकमात्र गोल भरत खवासले गरेका थिए।

जारी छनोट प्रतियोगितामा नेपालको यो चौथो तथा अन्तिम अवे खेलसमेत हो। जोर्डनसंग विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा प्रतिस्पर्धा गर्नका लागि नेपाल अस्ट«लियाबाट जोर्डन शनिबारनै प्रस्थान गरेको हो।

जोर्डनविरुद्व करिब ८ वर्ष अघि नेपाली टिमबाट खेलेका तीन खेलाडीमात्रै अहिले राष्ट्रिय टिममा छन्। गोलरक्षक किरण चेम्जोङ, रोहित चन्द र सुजल श्रेष्ठले पुन दोस्रो पटक घरेलु टोली जोर्डनसामु चुनौती पेश गर्नेछन्। जसमा सर्वाधिक पाको खेलाडीका रुपमा कप्तान चेम्जोङनै रहेका छन्। उनले ६३ क्याप जितेका छन्। अन्य २० खेलाडीका लागि भने जोर्डन नौलो प्रतिद्धन्दिका रुपमा रहने छ।

फिफा वरियतामा नेपाल भन्दा ६३ स्थानमाथि रहेको जोर्डन बलियो टिम हो। जोर्डनले समुह चरणको पहिलो खेलमा चाईनिज ताईपेलाई २–१ ले हराएको थियो भने कुवेतसँग बराबरी खेलेको थियो। एसियाली छनोट अन्तर्गत समुह डीमा रहेको जोर्डन ४ अंक बटुल्दै तेस्रो स्थानमा छ।

नेपाल भने पहिलो खेलमा कुवेतसँग ७–० ले हारेको थियो। लगत्तै चाईनिज ताईपेलाई २–० ले हराएको थियो। गत साता मात्र अष्ट्रेलियासंग नेपाल ५–० ले पराजित भएर अर्को खेलका लागि जोर्डन लागेको हो। अंक तालिकामा तीन अंक जोडेको नेपाल चौथो स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.