|

काठमाडौं : ‘१३ औं गोदावरी फूलको प्रदर्शनी’ ललितपुरमा हुने भएको छ। नेपालीको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर फ्लोरिकल्चर एशोसिएशन, नेपालले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेल मैदानमा सो प्रदर्शनी आयोजना गर्न लागेको हो।

गोदावरी फूलको व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यका साथ सो मेला आयोजना गर्न लागिएको एशोसिएशनका उपाध्यक्ष एवं प्रदर्शनी आयोजक समितिका संयोजक शिवबहादुर खड्काले जानकारी दिए। ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरी’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सो प्रदर्शनीमा ४९ वटा प्रदर्शनी कक्ष रहने पनि एशोसिएशनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।

प्रदर्शनीमा यस सिजनमा फूले सयपत्री, मखमली तथा अन्य सिजनल फूल विरुवासमेत समावेश गरिनेछ। नेपालको ४३ जिल्लामा पुष्पखेतीको विस्तार भइसकेको पनि एशोसिएशनले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.