भाइटिका बाहिर लगाइने

|

काठमाडौंः यमपञ्चकको अन्तिम दिन भाइटीकामा खुल्ने रानीपोखरीको बालगोपालेश्वर मन्दिर भूकम्प गएको चार वर्ष बितिसक्दा पनि  निर्माण हुन सकेको छैन। यसपालिको तिहारमा भाइटीकाको दिन मन्दिर परिसरमा बसेर टीका लगाउन नपाउने भएका छन्।

तिहारको भाइटीकामा मात्र खुल्ने रानीपोखरी बीचको बाल गोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीले त्यस मन्दिरमा गएर टीका लगाउने गर्छन्।

यमपञ्चकको अन्तिम दिन भाइटीकाको दिन बालगोपालेश्वर मन्दिरको मूर्ति बाहिर निकालेर पूजा गरी टीका लगाउने वातावरण मिलाउने पुनर्निर्माण सम्पदा शाखाको प्रमुख राजुमान मानन्धरले बताए।

मन्दिरमा आउने भक्तजनलाई मन्दिरको पश्चिम गेटमा मन्दिर राखी पूजा गर्ने तयारी भइरहेको उनले जानकारी दिए। मन्दिर पूर्णरूपमा निर्माण हुन नसकेकोले भित्र लगेर पूजा गराउन सक्ने वातावरण नभएको उनले प्रष्ट पारे।' युद्बस्तरमा निर्माण कम्पनीले काम गरिरहेको हामीले पनि उनीहरूलाई दबाब दिइरहेका छौँ,' उनले भने।

काठमाडौं महानगरपालिकाले पनि पश्चिमपट्टिको ढोका खोलेर भक्तजनहरूलाई सहज वातावरण निर्माण गरिदिन निर्माण आग्रह गरिसकेको उनले जानकारी दिए। मन्दिरको मूर्तिलाई बाहिर राखेर भए पनि टीका लगाउन आउनेलाई सहज वातावरण निर्माण गरिने उनको भनाइ थियो।

मन्दिरको पहिलो भागको सतह मात्र निर्माण भएकोले माथिको पूर्ण क्षेत्रमा निर्माण गर्न सकेको छैन। निर्माण कम्पनीले वर्षाको कारण र केही महिनामा चाड पर्व परेकोले निर्माण पक्रियामा ढिला हुन गएको  मानन्धरले बताए।

उनका अनुसार निर्माण कम्पनीले ठेक्का सम्झौता अनुसार १० महिनामा सक्ने गरि काम गरिरहेको छ। सम्झौता भएदेखि हालसम्मा २ महिना बितिसकेको छ यसमा तल्लो मन्दिरको तल्लो सतहको मात्र काम भइरहकेो उनले प्रष्ट पारे। 

असारसम्म मन्दिर पुनर्निर्माण सक्ने लक्ष्य भए पनि निर्माण कम्पनीको लापरबाहीको कारणले यसपालि पनि भक्तजनहरुले भाइटिकाको दिन मन्दिरमा परिसरमा टीका लगाउन नपाउने थाहाखबरलाई बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.