|

दोहा : ओमानमा कार्यरत नेपाली कामदारलाई लक्षित गर्दै ओमानस्थित नेपाली दूतावासले सांस्कृतिक कार्यक्रम गरेको छ। 

परदेशमा घरको पीरले धेरै दुर्घटना निम्ताएको भन्दै त्यसको न्युनीकरण गर्ने प्रयास स्वरुप ‘परदेशमा घरदेश’ नामक सांस्कृतिक कार्यक्रम गरिएको नेपाली दूतावासले जनाएको छ। 

नेपालको इमल इभेन्टससँगको सहकार्यमा ओमानमा कार्यरत २ सयभन्दा बढी नेपाली कामदारको उपस्थितीमा रहेको दूतावासले जनाएको छ  । विदेशी भूमिमा रहेका श्रमिकहरूमा सकारात्मक सोचको विकास गर्न, उनीहरूलाई मानसिक तथा सामाजिक रूपमा एक्लो हुन नदिन तथा सम्भावित भवितव्य (आत्महत्या) र कुलतहरूबाट बच्न सहयोग पुर्याउने उद्देश्य कार्यक्रम गरेको दूतावासले जनाएको छ।

श्रमिकहरूले थाहा पाउनुपर्ने विविध पक्षहरू तथा नेपाली राजदूतावासले प्रदान गर्ने सेवा सम्बन्धी विविध जानकारी दिएको दूतावासकी श्रम सहचारी कृष्णा कुमारी गौलीले बताइन्। कार्यक्रममा नेपालबाट आएका गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यले  साँगीतिक प्रस्तुती मार्फत श्रमिकहरूलाई मनोरञ्जन प्रदान समेत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.