नेपाललाई स्याउ पठाउँछन् चीन, भारत र अमेरिका

|

काठमाडौं : चाड पर्वमा नेपालमा स्याउउको खपत अत्याधिक हुने गरेको छ। नेपालीको सबैभन्दा ठूलो चाडको रूपमा लिइने दशैँ परेको महिना र दोस्रो ठूलो चाडको रूपमा लिइने गरेको तिहारको लागिसमेत सोही समयमा आयात गरिएपछि परिणाम ठूलो देखिएको हो।

असोजको समयमा चीन भारत र अमेरिकाबाट गरी नेपालले एक करोड ८० लाख केजी स्याउ आयात गरेको छ। जसको मूल्य एक अर्ब ५९ करोड रुपैयाँ रहेको छ। नेपालमा भारतबाट अत्याधिकरूपमा स्याउको आयात हुने गरेकोमा पछिल्लो समय चीनको प्रभाव पनि बढ्दै गएको छ। कात्तिक लागेपछि चीनबाट दैनिक तीन सय टन स्याउ आयत हुने गरेको भन्सार अधिकृतहरूको भनाइ रहेको छ।

चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा एक अर्ब ९८ करोड ७२ लाख रुपैयाँको स्याउ आयात भएको छ। तर साउन र भदौमा ३९ करोड ९० लाख रुपैयाँ बराबरको ५५ लाख ४० केजी स्याउन आयात भएको थियो।

जसमा चीनबाट पाँच करोड ९८ लाख, भारतबाट ३३ करोड १० लाख र अमेरिकाबाट ८१ लाख ६० हजार रुपैयाँ बराबरको स्याउ आयात भएको भन्सार विभागको तथ्यांक रहेको छ। साउन र भदौमा आयात भएको स्याउको तुलनामा असोजमा मात्रै करिब पाँच गुणाले स्याउनको आयात बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.