|

गुल्मी : गुल्मी समाज क्यालगरी क्यानडाले गुल्मीको सत्यावतीका पहिरो पीडितका लागि आर्थिक सहयोग गरेको छ।  गुल्मी जिल्लाबाट क्यानडाको क्यालगरी शहरमा रहेका  १८ जना गुल्मेलीहरुले एक लाख पाँचहजार ६० रुपैयाँ सहयोग गरेको समाजका सचिव धर्मराज मरासिनीले जानकारी दिए। 

सहयोग रकम शनिबार एक कार्यक्रमका बिच श्रमरोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले सत्यवती गाउँपालिकाका प्रमुख पारीश्वर ढकाललाई हस्तान्तरण गरेका हुन्।   सहयोग रकम हस्तान्तरण गर्दे मन्त्री विष्टले नेपालीहरुले कसैको दुःख र पीडामा हेरेर बस्न नसक्ने भन्दै सत्यवतीका पहिरो पीडितका लागि गरेको यो सहयोग उदाहरण भएको भन्दै सहयोगका लागि धन्यवाद दिए।  

संस्थाका सचिव धर्मराज मरासिनीले यो सानो सहयोगले पनि पीडितहरुको पक्षमा केही राहत मिल्ने भएकाले दुःखमा आफूहरु पनि साथमा रहेको  बताए। साउन ७ गते बिहान सत्यबती गाउँपालिकाको ठुलोलुम्पेक र लिम्घामा पहिरो जाँदा १३ जनाले ज्यान गुमाएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.