हेटौंडा : नेत्र विक्रम चन्द 'विप्लव'ले नेतृत्व गरेको नेकपा परित्याग गर्दै विप्लवका २० जना सक्रिय कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन्। नारायणी व्युरो सदस्य
चन्द्रबहादुर थिङको नेतृत्वमा इलाका सेक्रेटरी बलराम नेगी, क्रान्तिकारी युवाका केन्द्रीय सदस्य आइसमान ब्लोनसहित विभिन्न गाउँ कमिटीका २० जना पदाधिकारी नेकपामा प्रवेश गरेको नेकपा मकवानपुरका सचिव तथा प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले बताएका हुन्।
प्रतिनिधिसभा सदस्यसमेत रहेका नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विरोध खतिवडाले पार्टी प्रवेश गर्नेहरूलाई टीका र खादा लगाएर स्वागत गरेका थिए।
स्वागत कार्यक्रममा बोल्दै नेकपा नेता खतिवडाले नेकपा सरकारले राष्ट्रियता र सर्वहारा वर्गको हितमा काम गर्ने बताए। पार्टी प्रवेश कार्यक्रममा नेकपाका जिल्ला सह–इन्चार्ज तथा केन्द्रीय सदस्य रामेश्वर रानासहित अन्य नेताहरूको उपस्थिति रहेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।