|

काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा मारुती सिमेन्ट लिमिटेडविरुद्ध उजुरी परेको छ। यस वर्ष एनएस क‍्‍‍वालिटी अवार्ड पाएको भन्दै विज्ञापन गरेपछि सिमेन्टविरुद्ध उजुरी परेको हो। 

एउटाले अवार्ड पाएको अवस्थामा अर्को कम्पनीले भ्रमपूर्ण विज्ञापन गर्नु कानुनसम्मत नभएको भन्दै उपभोक्ता अधिकारकर्मी माधव तिमल्सेनाले बिहीबार विभागमा उजुरी दर्ता गराएका हुन्। उनले उपभोक्ता संरक्षण ऐन २०७५ का साथै अन्य ऐनले पनि यस्तो भ्रमणपूर्ण विज्ञापन गर्न बन्देज लगाएको बताए।

नापतौल तथा गुणस्तर विभागले गत कात्तिक २८ गते वितरण गरेको ‘एनएन क्‍वालिटी अवार्ड’ शिवम् सिमेन्टले पाएको थियो भने द्वितीय भई मारुती सिमेन्ट र तृतीय भई शुभश्री जगदम्बा सिमेन्टले सम्मानपत्र (लेटर अफ एप्रिसियसन) पाएका थिए।

तर, मारुती सिमेन्टले विभिन्‍न संचारमाध्यम तथा सामाजिक संजालमा गरेको विज्ञापनमा उक्त कम्पनीले एनएस क्‍वालिटी अवार्ड पाएको दाबी गरेको छ। तिमिल्सिलना अवार्ड छनोट समितिकासमेत सदस्य हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.