|
फाइल फोटो

काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतको पुर्पक्षका लागि आफूलाई थुनामा पठाएको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका छन्।

जिल्ला अदालतको आदेशविरुद्ध थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरिपाऊँ भन्ने आग्रहसहित निवेदन महराले बिहीबार निवेदन दर्ता गराएको उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए।

आफूमाथि लागेको आरोपको अनुसन्धान हुने गरी थुना बाहिरै रहन पाउने माग निवेदनमा गरिएको छ।

गत कात्तिक १८ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा अभियोग लागेका महरालाई थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो।

संसद् सचिवालयका एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौं जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

अभियोगको थप अनुसन्धानका लागि महरालाई थुनामा पठाइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.